लन्डन । यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेसमा नयां नेतृत्व चयन भएको छ । आइतबार अध्यक्ष भिम (महेन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न संस्थाको साधारणसभाले किशोर गुरुङको अध्यक्षतामा तेश्रो नयां कार्यसमिति चयन गरेको हो । उक्त समितिको कार्यकाल दुई वर्ष हुनेछ ।
नयां कार्यसमितिको उपाध्यक्षमा सुक गुरुङ, महासचिव लोक गुरुङ, सहसचिव बिसन गुरुङ, कोषाध्यक्ष यमकुमार गुरुङ, सहकोषाध्यक्ष गंगा गौचन, कल्चरल सेक्रेटरी दिपु गुरुङ र ध्रुव दत्त तथा सदस्यहरुमा गोकुल गुरुङ, लाल (रचित) कुंवर, कबल सिंह राई, प्रणय गुरुङ, विनोद अकाउलिया, कविता पुन, सविता पुन, सुमी गुरुङ र अनिता लिम्बु छन् । साधारणसभाले हिराधन राई लगायतलाई सल्लाहकार चुनेको छ । कोचहरुमा गंगा गुरुङ, सुक गुरुङ, बिसन गुरुङ र लाल (रचित) कुंवर छन् ।
निर्वाचन समितिमा गंगा गुरुङ र मास्टर ह्यारी गुरुङ थिए ।
उक्त अवसरमा यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेसले हालै गरेको मिस्टर यूके नेपाल प्रतियोगिताका लागि आएका प्रमुख प्रशिक्षक मिस्टर नेपाल सानु गुरुङलाई विदाइ र उक्त प्रतियोगिताका विजेतालाई सम्मान समेत गरिएको थियो । केही साताअघि सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा आयोजित प्रतियोगितामा ४० वर्ष नाघेकाकोबीच भएको मास्टर क्याटेगोरीमा ५६ वर्षीय कबलसिंह राई प्रथम, ५५ वर्षीय उमेशकुमार पुन द्वितीय र ४५ वर्षीय गंगाबहादुर गौचन तृतीय भएका थिए भने ओभर अल क्याटेगोरीमा लाल (रचित) कुंवर वीनर, प्रणय गुरुङ दोश्रो र तेश्रो स्थान विनोद अकाउलियाले जितेका थिए । संस्थाका सल्लाहकार तथा एनआरएनए यूके उपाध्यक्ष हिराधन राईले विजेतालाई सम्मान र मिस्टर नेपाल सानु गुरुङलाई विदाइ गर्दै मायाको चिनो प्रदान गरे ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश