लण्डन । बेलायतमा बसोबास गरिरहेका राप्तीवासीहरुको वार्षिक भेटघाट हालै फार्नबरोमा सम्पन्न भयो।
गत जुलाई ३० तारिखमा कोडी स्पेशल स्पोर्ट्स कलेजमा आयोजित कार्यक्रमको मानबहादुर बुढा, गोपाल थापा, रामधन श्रेष्ठ, बीरमान घर्ती, गगन थापा तथा डिल्लीबहादुर थापाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो।
उपाध्यक्ष केशरमान रोकाले स्वागत गर्नुभएको सो कार्यक्रममा बोल्दै मानबहादुर बुढाले राप्ती समाज युकेले नेपाल तथा युकेमा गरेको रचनात्मक कामहरुको चर्चा गर्नुभयो। भेरी समाज युकेका अध्यक्ष गोपाल थापाले राप्ती समाज तथा भेरी समाजबीच एउटै साझा परम्परा र सांस्कृतिक धरोहर रहेको भन्दै आगामी दिनमा पनि संगै मिलेर काम गर्न आग्रह गर्नुभयो।
अर्का वक्ता रामधन श्रेष्ठले समाजले आफुलाई अतिथिकोरुपमा निम्तो गरेकोमा खुसी व्यक्त गर्दै आफ्ना सदस्यहरुको हितकालागि समाजले गरिरहेका कामको प्रशंसा गर्नुभयो।
नेपालबाट आउनुभएका समाजसेवी डिल्लीबहादुर खडकाले जुनसुकै जात, क्षेत्र र भाषाभाषी भएपनि सबै नेपालीहरु फरक फरक रङ्ग भएका फूलहरु जस्तै भएको बताउनुभयो। उहाँले ती फूलहरुलाई एकताको एउटै मालामा गाँस्न आवश्यक रहेको भन्दै त्यसकालागि समाजले गरिरहेको कामको प्रशंसा गर्नुभयो।
सो अवसरमा उल्लेख्य शैक्षिक प्रगति हासिल गरेका १४ जना बालबालिकाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
समाजका अध्यक्ष हिक्मतसिं रोकाले ब्रिटिश सेनामा पदोन्नति भएका लाल राना, विकास श्रेष्ठ र प्रेम बुढालाई खादा लगाएर सम्मान गर्नुभएकेा थियो।
नेपालबाट आउनुभएका चर्चित कलाकारहरु राधिका हमाल, बिरु लामा, जुना शिरिष तथा थानेश्वर गौतमको प्रस्तुतिले कार्यक्रमलाई निकै रोचक बनाएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष रोकाले समाजका गतिविधिहरुमा निरन्तर सघाउनुहुने तथा वार्षिक भेलालाई सफल बनाउन खटनुहुने सबैलाई हार्दिक धन्यवाद दिनुभएको थियो। उहाँले कार्यक्रममा प्रायोजन गर्नुहुने क्वालिटी सुपरस्टोरलाई पनि विशेष धन्यवाद दिनुभयो।
उहाँले गत एकवर्षमा समाजले गरेका कामहरुको चर्चा गर्नुहुँदै समाजलाई अगाडि बढाउन सुझाव, सल्लाह र सकृय सहयोगकालागि सबै सदस्यहरुलाई आग्रह पनि गर्नुभयो।
नेपाली खाना तथा नाश्ताको व्यवस्था गरिएको सो रमाइलो कार्यक्रममा बालबालिकासहित झण्डै ४०० जनाको सहभागिता रहेको थियो।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप