
लन्डन । बेलायतका नेपालीले ‘संघीय प्रदेश नम्बर ३ बेलायत नेपाल समाज’ गठनको तयारी गरेका छन् । नयां संविधानले नेपाललाई सात संघीय प्रदेशमा विभाजन गरिसकेको अवस्थामा भविष्यमा रुपान्तरित हुने प्रदेश ३ सरकारलाई बेलायतबाट रचनात्मक सुझाव सल्लाह दिन भन्दै त्यस्तो समाज गठन गर्न लागिएको हो । यसका लागि २५ सेप्टेम्बर बिहान लन्डनमा एउटा वृहत भेला डाकिएको छ ।
‘यो संस्था बेलायतका अरु ३ सय नेपाली संस्था जस्तो उद्देश्यले बन्ने छैन्’, भेलाको संयोजन गरिरहेका समाजसेवी इन्जिनियर राजकुमार त्रिपाठीले भने, ‘हामी बेलायतबाट प्रदेश ३ लाई उर्जा, अर्थतन्त्र, शिक्षा र अन्य क्षेत्रमा सुझाव सल्लाह र आफ्नो सीप दिन्छौं । बेलायतमा रहेका गन्यमान्य व्यक्तिले नै यसलाई नेतृत्व गर्दैछन् ।’ यस खालको नामाकरण र परिकल्पना आफूहरुको पहिलो भएको पनि त्रिपाठीको दावी छ ।
त्रिपाठीले उक्त भेलामा उपस्थित भएर रचनात्मक सुझाव सल्लाह दिन पनि आग्रह गरेका छन् । संघीय प्रदेश नम्बर ३ मा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपालचोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला पर्छन् । त्रिपाठीले उक्त जिल्लाका बेलायत बस्ने सबैलाई भेलामा आउन आग्रह गरे ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ