लण्डन । युकेका नेपाली व्यवसायीहरूकाे संस्था नेपलिज काेअपरेटिभ इन्भेष्टमेन्ट युकेले बेल्जियममा शाखा खाेल्ने भएकाे छ ।
साेकाे तयारीका लागि एनसिआइ युकेका अध्यक्ष मोहन गुरुङको नेतृत्वमा एक टाेली बेल्जियम पुगेका छ । साे टाेलीले एनआरएन बेल्जियमका पूर्व अध्यक्ष युबराज गुरुङ, आइसिसी सदस्य जानकी गुरुङ र वर्तमान उपाध्यक्ष पदम गुरुङ लगायतसँग छलफल गरेकाे छ । नेपाली समुदायलाई सामुहिक लगानीमार्फत आर्थिक तथा सामाजिक रुपमा लाभान्वित गर्न गराउन के कसरी सकिन्छ भन्ने विषयमा गम्भिर विचार विमर्श भएको बताइएकाे छ ।
पुँजी कानुनी तवरमा उच्चतम प्रयोग गर्दै सहकारीमार्फत अधिकान्श नेपाली समुदायलाई समेट्दै अघि बढ्न बेल्जियम अत्यन्त उर्बर ठाउँ रहेकोमा छलफलमा जाेड दिइयाे । एनसिआइकाे नाम र अवधारणामा युकेसँग सहकार्य गर्दै एनसिआइ बेल्जियम स्थापनाका लागि यथासक्य चाँडो सबैसँग सल्लाह गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरियाे ।
सो अबसरमा गोल्डेन एभरेष्ट ग्रुपको परियोजना विस्तार बारे पनि उत्साहजनक रूपमा छलफल भयो । टाेलीमा युकेबाट कमल भण्डारी, एलएन पाण्डे र ललित न्यौपाने सहभागी छन ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश