लन्डन । ६ महिना दाम्लोमा बांधिएर भर्खर उद्दार गरिएकी एक गर्भवती महिलाको उपचारका लागि बेलायतवासी नेपालीले आर्थिक सहयोग
संकलन शुरु गरेका छन् । गैर आवासीय नेपाली संघ बेलायत र यूके नेपाल फ्रेण्डसीप सोसाइटीको संयुक्त पहलमा आर्थिक सहयोग संकलन थालिएको हो ।
मानसिक सन्तुलन गुमाएकी उदयपुर त्रियुगा नगरपालिका–५ स्थित भातिखर्क निवासी २२ वर्षीया सृजना कार्की (खड्का) को हाल जिल्ला अस्पताल गाइघाटमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर रहेको ति महिलाको एउटा खुट्टाको घाउ बिग्रिएर किरा परिसकेको छ ।
बच्चा जन्माउने महिना यही भदौ भएकाले उनलाई जतिसक्दो छिटो स्वस्थोपचार जरुरी रहेको जनाउंदै एनआरएनए यूके उपमहासचिव अर्जुन कटुवालले बेलायतवासी नेपालीलाई एकपटक फेरि मानवीय भावना दर्शाउन अपिल गरेका छन् । उनले सहयोगपछि आफ्नो इमेल [email protected] मा जानकारी दिन पनि आग्रह गरे ।
इच्छुक दाताले निम्न बैंक विवरणमा पैसा सहयोग गर्न सक्नेछन् ।
Bank details:
UKNFS
SC: 40-13-07
ACCT NO : 12501805
UK NEPAL FRIENDSHIP SOCIETY
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप