
लन्डन । २८ अगष्ट आइतबार लन्डनमा हुन लागेको नेपाली मेलामा सहभागी भइदिन लन्डनस्थित नेपाली दूतावासले आव्हान गरेको छ । तमुधिं यूके र नेपाली दूतावासको संयुक्त आयोजनामा केम्पटन पार्क रेस कोर्स, सनबरी अन थेम्स् मा आठौं नेपाली मेला हुन लागेको जानकारी दिंदै दूतावासले सहभागिताका लागि आव्हान गरेको हो । दूतावासले मौलिक भेषभुषामा आएर मेला सफल बनाउन आग्रह पनि गरेको छ ।
तमुधिंले विगत ७ वर्षदेखि मेला गर्दै आएको छ ।
बेलायतस्थित दर्जनौं संघसंस्थाको प्रत्यक्ष सहभागिता रहने उक्त मेलाले मिनी नेपाल अर्थात नेपाली कला, संस्कृति र भेषभुषा झल्काउने गर्छ । मेलामा झांकी र सांस्कृतिक प्रतियोगिता गरिने र ति दुवै विद्यामा भाग लिएर उत्कृष्ट हुने संस्थाले एम्बेसडर कप र नगद पुरस्कार पाउने आयोजकले जनाएका छन् । मेलामा ब्रिगेड अफ ब्याण्ड र नेपाली युवाहरुको सांगीतिक प्रस्तुति, एम्बेसेडर कप, सांस्कृतिक झांकी प्रतियोगिता, ट्होटे पर्व, मनोरन्जनात्मक खेल, नेपाली खाना तथा उत्पादनहरुका स्टल आदि आकर्षणका रुपमा रहनेछन् ।
यसैबीच, तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा मेलाको तयारी बैठक सम्पन्न भएको छ । बैठकमा मेला संयोजक एवं उपाध्यक्ष नन्दजङ्ग गुरुङले मेलाको तयारीबारे अवगत गराएका थिए । मेला सफल बनाउन तमुधिंले आफ्ना सातैवटा इकाइ र सयौं स्वंयसेवक परिचालन गर्ने निर्णय गर्दै संस्थाका पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी बांडफांड गरेको छ ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा