
लन्डन । बेक्स्ली नेपाली समाजले गत ७ अगष्ट २०१६ आइतबार तीज कार्यक्रम गरेको छ । समाजकी महिला संयोजक श्रीमती उमा गुरुङको संयोजकत्वमा कार्यक्रम गरिएको हो । कार्यक्रम उद्घाटन समाजका अध्यक्ष केश बहादुर गुरुङ र कार्यक्रम संयोजक श्रीमती उमा गुरुङले गरेका थिए ।
सो कार्यक्रम सफल बनाउन महासचिब आनन्द धरेल र उपाध्यक्ष शिवराम गुरुङले योगदान गरेका थिए । कार्यक्रममा नृत्य र तीज भेषभुषा प्रतिष्पर्धा गराइएको थियो जसमा नृत्यतर्फ श्रीमती सुस्मा ढुंगाना प्रथम, एलिना श्रेष्ठ द्धितिय, राधा पटेल तृतीय र सान्त्वना पुरस्कार श्रीमती विष्णु माया पुनले प्राप्त गरे । विजेतालाई केशबहादुर गुरुङ, आनन्द धरेल, चन्द्र गुरुङ र श्रीमती उमा गुरुङले पुरस्कार प्रदान गरेका थिए । भेषभुषामा श्रीमती पुनम गुरुङ विजयी भइन् ।
यस कार्यक्रममा दाजुभाईहरुले नगद तथा पेय पदार्थ स्पोन्सर गरेका थिए । डिजे किरणकुमार सुब्बाले दिदी बहिनीहरुलाई विभिन्न तीजका गीतबाट भरपुर मनोरन्जन प्रदान गराएका थिए । यस कार्यक्रममा एनआरएनए यूके सल्लाहकार तथा यस संस्थाका सल्लाहकार विजय गुरुङ, तमुधिंका दक्षिण पूर्वी क्षेत्रीय अध्यक्ष तथा समाजका अग्रज श्रीचन्द्र गुरुङ पनि सहभागी थिए ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप