लन्डन । ६ महिनाबीचमा दोश्रो पटक बेलायत आइपुगेकी नायिका प्रियंका कार्की फरक जिम्मेवारीवोधले बांधिएकी छन् यो पटक । यसअघिका उनका भ्रमण सांस्कृतिक कार्यक्रमका लागि हुन्थे र केही नाचपछि उनी मुक्ति पाउंथिन् । तर, यसपाली उनी मिस यूके नेपाल २०१६ प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक र कोरियोग्राफरका रुपमा बेलायत आएकी हुन् । कलिला र यस खालको प्रतियोगितामा नयां युवतीहरुलाई सिकाउने दायित्व उनीमाथि छ ।
गत सोमबार लन्डन उत्रिए लगत्तै उनी मिस यूके नेपालका ८ जना प्रतिष्पर्धीमाझ उपस्थित भइन् एम्पायर हलमा । २४ अगष्टमा नेपाल फर्कनुअघि प्रियंकाले मिस यूके नेपालका सुन्दरीहरुलाई कोरियोग्राफी र अन्य प्रशिक्षण दिनेछन् ।
‘एकदम महत्वपूर्ण जिम्मेवारी लिएर आएकी छु, प्रेसर र उत्साह दुबै छ’, ब्रेकमा एकछिन् फुर्सद निकालेकी उनले भनिन्, ‘हरेक सिक्वेन्स सिकाउने देखि स्टेज डेकोरेसन, लाइट, कस्टम सबैमा प्रशिक्षण चुनौतिपूर्ण पनि छ ।’
प्रतिष्पर्धीहरुलाई ओपनिङ राउण्डमा डान्स गराउने योजनाले त्यो पनि सिकाइरहेकी छिन् उनी ।
केही साताअघि मात्र अमेरिकामा ‘मिस भुटान यूएसए’ को कोरियोग्राफी गरेकी प्रियंकालाई यो जिम्मेवारी नौलो भने होइन । उनको करिअर नै मिस टिन (२००५) बाट शुरु भएको थियो । केही महिनाअघि टेक्सास र लस एन्जलसमा पनि उनले फेसन शोको कोरियोग्राफी गर्ने जिम्मा लिएकी थिइन् । सन् २०१२ को ‘मिस नेपाल यूएसए’ मा पनि प्रियंकाले त्यही भूमिका निर्वाह गरिन् ।
‘पछिल्लो पटक मोडलिङमा पनि मेरो सक्रियता बढेको छ’, उनले भनिन् ।
भर्खर अमेरिका घुमेर नेपाल फर्किए लगत्तै यूके आएकी प्रियंका नेपालमा अति व्यस्त नायिका मानिन्छिन् । प्रियंका सुन्दरीहरुमाझ रमाइरहंदा उनी अभिनित छक्का पन्जाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
२१ अगष्ट आइतबार सांझ एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा ५ औं मिस यूके नेपाल २०१६ हुन लागेको हो । यसपटकको प्रतियोगितामा आठ जना सुन्दरीहरु अलिसा, मेघ्ना, कल्पना, टेनिसा, प्रशंसा, विभिया, सुनिता र आरती भिड्दै छन् । आयोजक शान्ति गुरुङले हालसम्म ट्यालेन्ट र ब्यूटी वीथ परपोज राउण्ड सम्पन्न भइसकेको जानकारी दिंदै तयारी अन्तिम चरणमा पुगेको बताइन् । इकान्तिपुर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई