
लन्डन । अप्रत्यासित भीडकाबीच गुल्मी जिल्ला समाज यूकेको दशौं वार्षिक भेटघाट कार्यक्रम आइतबार सम्पन्न भएको छ । अल्डरसटस्थित कन्नट स्कुल प्रांगणमा आयोजित भेलामा एक हजार भन्दा बढि गुल्मेली तथा गैर गुल्मेली सहभागी भएको समाजले जनाएको छ ।
समाजका अध्यक्ष राम गलामीको सभापतित्वमा भएको उक्त कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथी कार्यवहाक राजदूत शरदराज आरन, अतिथी एनआरएनए युरोप संयोजक कुल आचार्य, पूर्व अध्यक्ष अर्जुन गौतम र संस्थापक अध्यक्ष ओमप्रसाद थापाले समाजका गतिविधिको प्रशंसा गर्दै शुभकामना दिए ।
महासचिव शिव भण्डारीले सञ्चालन गरेको पहिलो सत्रमा उपाध्यक्ष तोप पल्लीले स्वागत र अर्का उपाध्यक्ष फडिन्द्र भट्टराईले धन्यवाद मन्तव्य दिएका थिए । भण्डारीले यसपटक खादाले सम्मान र लामो भाषण प्रचलनलाई प्राथमिकता नदिइ करिब ४५ मिनेटमै औपचारिक सत्र समापन गरिएको बताए ।
सभाहलमा औपचारिक कार्यक्रम भइरहंदा सहभागी बाहिर मैदानमा भलिवल प्रतियोगिता, झ्याउरे नाचगान, बीबीक्यू र केटाकेटी बाउन्सी क्यासल खेलमा मज्जा लिइरहेका देखिन्थ्यो ।
दोश्रो सत्रमा समाजकी प्रवक्ता मन्जु भण्डारीले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय स्तरका गायक गायिकाहरु देविका केसी, राधिका हमाल, थानेश्वर गौतम, जुना सिरिस र बीरु लामाको गायनमा रमाउनेको पनि कमी थिएन । उक्त अवसरमा किशोरी प्रतिष्ठा त्रिपाठीले ड्राइभर दाई… बोलको गीतमा आकर्षक नृत्य देखाएर माहोल अझ तताएकी थिइन् ।
भेलामा त्यत्रो भीडलाई व्यवस्थित तरिकाले खाना प्रवन्ध गरेकोमा समाजले भेटघाट रेष्टुरेन्ट र सञ्चालक शेर सुनारलाई धन्यवाद दिएको छ ।
कार्यक्रम संयोजन सचिव बीर बलाल र उपाध्यक्ष तोप पल्लीले गरेका हुन् ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई