
हेर्ने रहर तिमीलाई लिएर
एक्लै एक्लै म बाटोहरु खोजी रहेछु
गन्तब्य तिमी नै हो बुझेर
एक्लै भौतरिएर यात्रा सुरु गरेको छु
भेट्ने आशा छ तिमीलाई
कल्पनाको तस्विरहरुमा तिमीलाई देखेको छु
सपनाका यथार्थहरूमा भेटेको छु
हेर्ने रहर तिमीलाई लिएर
एक्लै एक्लै म बाटोहरु खोजी रहेछु
जुनेली रातमा तिमी जुन हौ भनेर
तिम्रो अटुट साथमा म मग्न हुन्छु
चांदनी रातमा तिमी चांद बनेर
तिम्रो किरणहरुले मलाई हेरिदिए जस्तो गर्छौ
हेर्ने रहर तिमीलाई लिएर
एक्लै एक्लै म अझै हिंडिरहेछु
सपनाको यथार्थहरूमा
तिमीलाई अझै खोजिरहेछु
तिमी खोला बनेर कल्कलाउदै
अथाह सागरतिर ओर्लदा
म त्यही किनार बनेर
तिम्रो क्षणिक स्पर्शमा पनि दंग हुन्छु
भेट्ने रहर तिमीलाई लिएर
अझै गोरेटोहरुमा पर्खिने गरेको छु
हेर्ने रहर तिमीलाई लिएर
एक्लै एक्लै म अझै हिंडिरहेछु
सुगन्ध तिम्रो त्यो खोजमा
म फूल बनेर जहाँतहीं फूली दिन्छु
माया तिम्रो त्यो सोचमा
म मेरो जिन्दगी यसै गरी बिताइदिन्छु
हेर्ने रहर तिमीलाई
भेट्ने आशा छ तिमीलाई
तिम्रो प्रतिक्षामा म सधैं सधैं दंग हुन्छु
हेर्ने रहर तिमीलाई लिएर
एक्लै एक्लै म बाटोहरु खोजिरहेछु
गन्तब्य तिमी नै हो बुझेर
एक्लै भौतरिएर यात्रा सुरु गरेको छु
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने