लन्डन । स्किल्स् एण्ड केयरका निर्देशक फत्त थापाले बेलायतबाट प्रकाशित एक साप्ताहिकले आफ्नो संस्था र व्यक्तिगत नाम मुछेर भ्रामक समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका छन् ।
थापाले एक विज्ञप्ति जारी गर्दै व्यक्तिगत रिसइवी सांध्न विशुद्ध सामाजिक काममा अग्रसर च्यारिटेवल संस्थालाई मुछेर आधारहीन र कपोलकल्पित समाचार प्रकाशन हुनु खेदजनक भनेका छन् ।
‘आर्थिक विषयलाई लिएर प्रकाशित उक्त समाचार सरासर गलत र पूर्वाग्रही छ’, उनको विज्ञप्तिमा छ, ‘विषयको गाम्भीर्यता र त्यसको प्रभाव नबुझी प्रकाशित त्यस्ता समाचारको खण्डन गर्दै यदि सत्य भए सप्रमाण पेश गरेमा जस्तो सुकै कारवाही वहन गर्न समेत राजी भएको अवगत गराउंछु ।’
यस्ता भ्रामक समाचारले कसैको हित होइन, बरु सामाजिक सद्भाव नै खल्बल्याउने भएकाले पित पत्रकारिता र व्यवसायिक लाभबाट प्रेरित सञ्चारकर्मीदेखि सचेत रहन थापाले सबैमा आग्रह गरेका छन् ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह