लण्डन । बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा एक दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।
शाखाले शनिबार लण्डनमा आयोजना गरेको सो तालिममा बेलायतको रोवर्ट गोर्डन युनिभर्सिटीबाट पत्रकारितामा विद्यावारिधि गरेका डा. नरेशचन्द्र राईले तयार गरेको इन्भेष्टिगेटिभ जर्नलिज्मसम्बन्धी सामग्री बीबीसी नेपाली सेवाका भगिरथ योगीले प्रस्तुत गरेका थिए भने क्यानाडाको ओटावा युनिभर्सिटीबाट जर्नलिज्म इथिक्समा विद्यावारिधि गरिरहेका भानुभक्त आचार्यले जर्नलिज्म इथिक्सका बारेमा तालिम दिएका थिए ।
तालिममा यूके र नेपालका विभिन्न मिडियामा काम गरिरहेका ३३ पत्रकारहरुको उपस्थिति थियो ।
शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरले बेलायतमा नेपाली पत्रकारहरुको सीप र क्षमता विकास गरी समुदायको अपेक्षा पूरा गर्न तालिम आयोजना गरिएको बताए ।
महासचिव लीलामान शेरपुन्जाले संचालन गरेको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष ध्रुवराज अर्यालले स्वागत गरेका थिए । सोही कार्यक्रममा बेलायतबाट नेपाल फर्कन लागेको शाखाका पूर्व कोषाध्यक्ष देवी गौतमलाई अध्यक्ष खपाङ्गीमगरले खादा ओढाइ बिदाइ गरेका थिए । गौतमले नेपाल फर्केर पुनः पूर्णकालिन पत्रकारितामा लाग्ने बताए ।
कार्यक्रममा प्रशिक्षक भानुभक्त आचार्यले उनले लेखेको ग्लोसरी अफ जर्नलिज्म र आमसंचार र पत्रकारिता अध्ययन नामक दुई पुस्तक शाखाका अध्यक्ष खपाङ्गीमगरलाई हस्तान्तरण गरे । तस्विर सौजन्यः गुणदेव घिमिरे
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा