
लन्डन । पश्चिम नेपालको बाग्लुङस्थित दृष्टिविहीनहरुको सहयोगका लागि चार नेपाली युवा जुटेका छन् ।
कृष्णप्रसाद पंगेनी (स्याङजा), अर्जुन खनाल (स्याङजा), प्रकाश थापा (बुटवल) र शिव न्यौपाने (रुपन्देही) ले दृष्टिविहीनको सहयोगार्थ गत जुलाई ३१ तारिखका दिन ब्रिटिश हार्ट फाउण्डेशनद्वारा आयोजित साइकल दौडमा भाग समेत लिए । दुई हजार पाउण्ड उठाएर नेपाल पठाउने लक्ष्यसहित उनीहरुले दौडबाट १८० पाउण्ड संकलन गरेका छन् र सहयोग संकलन कार्य जारी छ ।
संकलित रकम बागलुङका दृष्टिविहीनहरुका लागि दुई सयवटा सेतो लठ्ठी किन्न र दृष्टिविहीन विद्यार्थीकालागि शैक्षिक तथा खेल सामग्री किन्न उपयोग गरिने ति युवाले जानकारी दिए ।
संकलित रकम यूकेमा रजिष्टर्ड च्यारिटी हेल्प नेपाल नेटवर्क यूके शाखासंगको सहकार्यमा नेपाल पठाइने जनाउंदै ति युवाले आफ्नो अभियानमा सघाउन बेलायतवासी समस्त नेपालीलाई आग्रह गरेका छन् । इच्छुक दाताहरुले तलको लिंकमा गएर अनलाइन डोनेशन गर्न सक्ने जनाइएको छ ।
https://www.justgiving.com/fundraising/krishna-pangeni-praskash-thapa-arjun-khanal-shiva-neupane-krishna-p-sharma
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा