लन्डन । नेपाली सेनाका कर्णेल कुमार लामाले आफूविरुद्ध बेलायतमा लगाइएको यातना सम्वन्धि दुई मध्ये एउटा मुद्दामा सफाइ पाएका छन् ।
सोमबार लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा सम्माननीय जस्टिस स्वीनीको इजलासले सफाइ दिएको हो । तर, अर्का बन्दीको लामाविरुद्धको यातना सम्वन्धि मुद्दामा भने १२ सदस्यीय जुरी सोमबारसम्म टुंगोमा पुग्न नसकेपछि आगामी सेप्टेम्बर पहिलो साता पुनः इजलास बस्ने गरि स्थगित भएको श्रोतले जानकारी दिएको छ ।
जुरीबीच १०, २ वा ११, १ को मत आवश्यक हुन्छ । ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइपछि गत सोमबार देखि जुरीबीच डेलिबरेसन (गहन छलफल) चलिरहेको थियो । करिब एक साताको डेलिबरेसनमा पनि जुरीले एउटा मुद्दामा लामालाई निर्दोष वा दोषी के भन्नेबारे फैसला दिन नसकेपछि इजलास करिब ५ साता पर सरेको हो ।
लामाको मुद्दा गत वर्ष अभियोजन पक्षले दोभाषे नभेट्टाएपछि सुनुवाइ स्थगित भएको थियो । लामाको तर्फबाट किङ्सले नेप्ली फर्मले मुद्दा हेरिरहेको छ ।
सरकार माओवादी सशस्त्र द्वन्द्वताका ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग बेलायती प्रहरीले लगाएको थियो ।
लामाले सरकार माओवादी सशस्त्र द्वन्द्वताका ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग बेलायती प्रहरीले लगाएको थियो ।
लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ (१) अन्तर्गत मुद्दा चलाइएको थियो । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेट्न बेलायत आउंदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो । दुई महिना दश दिन थुनामा रहेपछि उनी अहिले धरौटीमा छन् । इकान्तिपुर
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा