लन्डन । मनोक्रान्तिका सम्बाहक योगगुरु डा. बिकासानन्दले लन्डनमा योगा तथा प्रवचन दिने भएका छन् । हाल बेलायत भ्रमणमा रहेका उनले २१ अगस्ट, २०१६ आइतबार फेल्थाम कम्युनिटी कलेज हल लन्डनमा प्रवचन दिन लागेका हुन् । योग साधना प्रणेता डा. विकासानन्द मानिसका विभिन्न समस्याको मुक्ति दिलाउने अमुल्य कला सिकाउन र जीवनमा उर्जा भरिदिन नेपालदेखि बेलायतसम्म आएको मौकामा यस्तो कार्यक्रम गर्न लागिएको हो ।
योग साधना स्वास्थ्य जीवन जिउने कला र सकारात्मक उर्जा भर्ने एक अत्यन्त उपयोगी साधन भएको जनाउंदै आयोजकले कार्यक्रममा सहभागिताका लागि आग्रह गरेका छन् । कार्यक्रम संयोजक हेम गुरुङले बेलायतस्थित नेपाली समुदायलाई जीवन उपयोगी कला प्रदान गर्ने पवित्र उद्देश्यसंगै कार्यक्रमबाट संकलित रकम नेपालका बाढी पीडितको सहयोगमा खर्च गरिने जनाए ।
कार्यक्रम सहयोगी जगन कार्कीका अनुसार उक्त अवसरमा योगगुरु बिकासानन्दबाट प्रत्यक्ष मोटिभेसन, योगा सिक्ने अवसर हुनेछ र कार्यक्रममा खर्च कटाएर बचेको रकम बाडी पीडितको सहयोग स्वरुप पठाइनेछ ।
३ घन्टाको समय अत्यन्त उपयोगी र जिवनभर उर्जा दिन सफल हुने दावी कार्कीको छ ।
अर्का संयोजक बीरेन्द्र श्रेष्ठले १० पाउण्डमा खाना, योग शिक्षा र बाढी पीडितलाई सहयोग पनि हुने भन्दै जनसमुदायलाई उपस्थित भएर कार्यक्रम सफल पारिदिन अनुरोध गरेका छन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा