लन्डन । लन्डन नेपाल न्यूज डटकमले कार्यवहाक राजदूत शरदराज आरनलाई स्वागत तथा सम्मान गरेको छ । बिहीबार सांझ दूतावास भवनमा आयोजित एक कार्यक्रमबीच कार्यवहाक राजदूतको सफल कार्यकालको शुभकामना दिइयो ।
वेवसाइटका तर्फबाट प्रवन्ध निर्देशक राजकुमार त्रिपाठी र प्रधानसम्पादक शिव भण्डारीले पुष्प गुच्छा अर्पण गर्दै स्वागत गरेका थिए ।
स्वागतपछि प्रमुख अतिथी कार्यवहाक राजदूत आरनले मन्तव्यका क्रममा वेवसाइटलाई शुभकामना दिंदै बेलायतको नेपाली समुदाय, देश अनि जनताको हित र समृद्धिका लागि पत्रकारिता गर्न सुझाए । उनले अहिलेको डिजिटल युगमा पाठकहरुको माग पुरा गर्न वेवसाइट कटिवद्ध हुने आशा समेत व्यक्त गरे ।
उक्त अवसरमा एनआरएनए आइसीसी सल्लाहकारहरु विश्वआदर्श पण्डित र रि. मेजर डमर घले, विशिष्ठ अतिथी एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ र योगेन क्षेत्री, एनआरएनए यूके आइसीसी सदस्य सुष्मा राई, उपाध्यक्ष शान्ति थापा कुंवर, वेवसाइटका सल्लाहकार अर्जुन गौतम, तमुधिं लन्डन अध्यक्ष डेभिड गुरुङ, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, नेपलिज इन्जिनियर्स एसोसिएसन यूके अध्यक्ष घनश्याम पौडेल, उपाध्यक्ष राज पाठक, तमुधिं यूके पूर्व अध्यक्ष सुवसिंह गुरुङ, यती सल्लाहकार डा. मीन रानाभाट, एनआरएनए यूके उपाध्यक्ष हिराधन राई लगायतले व्यवसायिक पत्रकारितामा जोड दिंदै निष्पक्ष र तथ्यपरक समाचारमा ध्यान दिन वेवसाइटको सम्पादक मण्डललाई आग्रह गरेका थिए ।
प्रधान सम्पादक शिव भण्डारी र प्रवन्ध निर्देशक राजकुमार त्रिपाठीले आफूहरु व्यवसायिक पत्रकारितामा सधैं समर्पित रहने बताए । उक्त अवसरमा डिजिटल कोअर्डिनेटर बीरेन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा एनआरएनए यूके उपमहासचिव अर्जुन कटुवाल, आइएमइ यूके निर्देशक कमल पौडेल, वेवसाइटका सल्लाहकार राजन खरेल लगायतको उपस्थिति थियो ।
उक्त अवसरमा रात्री भोजको प्रायोजन गोल्डेनसीप रेष्टुरेन्टका प्रवन्ध निर्देशक देव गुरुङले गरेका थिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा