लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युकेको अध्यक्षमा सुमलकुमार गुरुङ चयन भएका छन् ।
आइतबार चार्लटन एफसी, लण्डनको प्रशिक्षण कक्षमा भएको वार्षिक साधारण सभाबाट गुुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नौ सदस्य कार्यकारी समितिमा लक्ष्मी थापा राई (लारा) उपाध्यक्ष, सन्तोष कार्की महासचिव, राज श्रेष्ठ कोषाध्यक्ष, रेखा खरेल सचिव तथा ललित न्यौपाने, बिरु मुकारुङ, कृष्णा थापा क्षेत्री, लैला गुरुङ सदस्यमा निर्वाचित भएका छन् । संस्थाका सल्लाहकारमा डा. रुपक श्रेष्ठलाई मनोनित गरेको छ ।
सोही कार्यक्रममा भानुजयन्ती तथा संस्थाबाट प्रत्येक वर्ष प्रदान गरिने अनेसास सुप्रमा साहित्यिक पुरस्कार पनि हस्तान्तरण गरिएको थियो ।
संस्थाका अध्यक्ष डा. रुपक श्रेष्ठको अध्यक्षता र महासचिव लक्ष्मी थापा राई (लारा)ले सञ्चालन गरेको कार्यक्रममा सुप्रमा पुरस्कारका संस्थापक स्व. ईश्वर मानन्धरका श्रीमती जानकी मानन्धर प्र्रमुख अतिथि, विशिष्ट अतिथि शिवजी श्रेष्ठ रहेका थिए ।
प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा आदिकवि भानुभक्त आचार्य साथै स्व. ईश्वर मानन्धरको तस्वीरमा पुष्प अर्पण गरिएको थियो ।
गतवर्ष मानन्धर परिवारमा दुःख परेकोले गर्दा पुरस्कार वितरण गरिएको थिएन । त्यसकारण गतवर्ष र यसवर्ष गरी सुप्रमा पुरस्कार दुई जना श्रष्टालाई प्रदान गरिएको थियो । गत वर्षको सो पुरस्कार खण्डकाव्य अफिम फूल्ने देशका सर्जक केदार सङ्केत सुनुवारलाई दिइएको थियो भने यसवर्षका लागि कृष्ण बजगाईको कमरेड भाउज्यू कथा सङ्ग्रहलाई दिइयो ।
विशिष्ट अतिथि शिवजी श्रेष्ठले स्वर्गीय ईश्वर मानन्धरका बारेमा प्रकाश पारेका थिए ।
पुरस्कृत सर्जक केदार सङ्केत देश बाहिर रहेको हुनाले उनको पुरस्कार अनेसासको अर्को कार्यक्रममा प्रदान गरिने निर्णय गरियो । यसवर्षका विजेता कृष्ण बजगाईलाई प्रमुख अतिथि तथा अध्यक्षको बाहुलीबाट प्रशंसापत्र, पुष्पगुच्छा र २५१ पाउण्ड रकमको पुरस्कार प्रदान गरिएको थियो ।
संस्थाका सल्लाहकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष सुमलकुमार गुरुङले विजेता श्रष्टाको परिचय प्रकाश पारेका थिए । सोही अवसरमा कृष्ण बजगाईले आफ्नो छोटो मन्तव्यमा मानन्धर परिवार तथा संस्थाप्रत्ति आभार प्रकट गरेका थिए । संस्थाका महासचिव, लारालाई अनेसासले सन् २०१४ को अनेसास डायस्पोरा सम्मानले सम्मान गरेको थियो । समयको अनुकुलता नमिलेकोले सर्जक सम्मान ग्रहणको बेला उपस्थित हुन सकेका थिएनन । यसै कार्यक्रममा त्यो प्रशंसापत्र अध्यक्षले प्रदान गरेका थिए । अध्यक्ष डा. रुपक श्रेष्ठले सहभागीहरुलाई धन्यवाद तथा आभार व्यक्त गरेर पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।
दोश्रो चरणको कार्यक्रम कविता वाचन रहेको थियो । कविता वाचन गर्नेहरुमा रेशम अर्याल, फणिन्द्र भट्टराई, गोकुल भण्डारी, लैला गुरुङ, बिरु मुकारुङ, सन्तोष कार्की, सुमल गुरुङ, डा. रुपक श्रेष्ठ तथा लारा थिए ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित