अल्डरसट/ क्वीन्स अाेन गाेरखा लजिस्टिक एक्ससर्भिसम्यान एसाेसिएसन (क्युअाेजिएलअार) युकेकाे अध्यक्षमा बसन्त गुरूङ चयन भएका छन ।
हिजाे शनिवार अल्डरसटस्थित द प्यालेसमा भएकाे एसाेसिएसनकाे तेस्रो अधिवेशन तथा भेटघाट कार्यक्रमले उनलाई अध्यक्षमा चुनेकाे हाे ।
कार्यसमितिका अन्य सदस्यहरुमा क्रमश: उपाध्यक्षमा लेप्टेन मेख बहादुर गुरुङ, सचिवमा प्रकाश रावत, सह सचिवमा किरण गुरुङ, कोषाध्यक्षमा गंज बहादुर तामांग र सह कोषाध्यक्षमा नारायण घले निर्वाचित भए । मेडिया अफिसरमा मुकेश राईलाई चयन गरियो । त्यसैसैगरी बेलायतका बिभिन्न क्षेत्रमा बसोबारत संस्थाको सदस्यहरुलाई हरेक विषयमा जानकारी पुर्याउन तथा संस्था एकत्रित हुन सहज होस् भन्ने अभिप्राय लिएर १२ स्थानमा क्रमशः अल्डरसट/फानबोरो, बेइजिङ्गस्टोक, ब्रेकनेल, स्याण्डस्ट, कोलचेस्टर, हन्स्लो, मेडस्टन, अक्सफोर्ड,रिडिंग, स्वीन्डन, वेम्ब्ली,वेल्स, क्षेत्रीय प्रतिनिधि सदस्यको चयन गरियो ।
करिब ११ बजे सुरु भएको कार्यक्रमको शुरुवातमा अनौपचारिक भेटघाटको कार्यक्रम रहेको थियो जहाँ पल्टनका नयाँ सदस्यदेखि लिएर पुरानो साहेब र उनीहरुको परिवारहरुको बीच विगत र वर्तमानको सुख-दुखका रमाईलो कुराकानी आदान-प्रदान भएको थियो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?