अल्डरसट/ क्वीन्स अाेन गाेरखा लजिस्टिक एक्ससर्भिसम्यान एसाेसिएसन (क्युअाेजिएलअार) युकेकाे अध्यक्षमा बसन्त गुरूङ चयन भएका छन ।
हिजाे शनिवार अल्डरसटस्थित द प्यालेसमा भएकाे एसाेसिएसनकाे तेस्रो अधिवेशन तथा भेटघाट कार्यक्रमले उनलाई अध्यक्षमा चुनेकाे हाे ।
कार्यसमितिका अन्य सदस्यहरुमा क्रमश: उपाध्यक्षमा लेप्टेन मेख बहादुर गुरुङ, सचिवमा प्रकाश रावत, सह सचिवमा किरण गुरुङ, कोषाध्यक्षमा गंज बहादुर तामांग र सह कोषाध्यक्षमा नारायण घले निर्वाचित भए । मेडिया अफिसरमा मुकेश राईलाई चयन गरियो । त्यसैसैगरी बेलायतका बिभिन्न क्षेत्रमा बसोबारत संस्थाको सदस्यहरुलाई हरेक विषयमा जानकारी पुर्याउन तथा संस्था एकत्रित हुन सहज होस् भन्ने अभिप्राय लिएर १२ स्थानमा क्रमशः अल्डरसट/फानबोरो, बेइजिङ्गस्टोक, ब्रेकनेल, स्याण्डस्ट, कोलचेस्टर, हन्स्लो, मेडस्टन, अक्सफोर्ड,रिडिंग, स्वीन्डन, वेम्ब्ली,वेल्स, क्षेत्रीय प्रतिनिधि सदस्यको चयन गरियो ।
करिब ११ बजे सुरु भएको कार्यक्रमको शुरुवातमा अनौपचारिक भेटघाटको कार्यक्रम रहेको थियो जहाँ पल्टनका नयाँ सदस्यदेखि लिएर पुरानो साहेब र उनीहरुको परिवारहरुको बीच विगत र वर्तमानको सुख-दुखका रमाईलो कुराकानी आदान-प्रदान भएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते