
लन्डन । आज १९ जुलाइ मंगलबार । बेलायतको नेपाली समुदायले प्रतिक्षा गरिरहेको विशेष दिन । आज लर्डसमा नेपाली क्रिकेट टिम पहिलो पटक अवतरण हुंदैछ एमसीसीसंग खेल्न । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा जुरेको यो साइत फेरि दोहोरिएला नदोहोरिएला । तर, नेपालीका लागि यो ऐतिहासिक हुनेछ ।
लर्डस क्रिकेट मैदान कसरी जाने त ? धेरैलाई अलमल छ भने चिन्ता लिनु पर्दैन् । कुल १२० जना स्वयंसवेक तपाईंहरुलाई सहयोग गर्न तयारी अवस्थामा रहनेछन् ।
नर्सिङ एसोसिएसन यूकेकी प्रसुना कंडेलको नेतृत्वमा बेकर स्ट्रिट स्टेशनमा करिब १५ जना र सेन्ट जोन्स् उड स्टेशनमा टियर वान इन्टरप्रेनरका तर्फबाट शालिक सापकोटाको नेतृत्वमा १५ जना स्वयंसेवक बाटो देखाउन र अन्य गाइड गर्न रहनेछन् ।
गेटमा टिकेट किनिदिन एवं भित्र पठाउन सहजकर्ताका रुपमा मगर संघका बम थापा मगर, एचएसएमपीका दीप गिरी र तमुधिंका ज्ञाम गुरुङको नेतृत्वमा ३० जना, खेल मैदानको चारै तिर र नजिकको बस स्टेशनमा करिब २० जना र विशेष स्वंयसेवकका रुपमा लर्डससंगको सहकार्यमा खेल मैदान भित्र वरपरका लागि संयोजक कृष्ण प्रसाद शर्माको नेतृत्वमा १३ जना एवं युवा परिचालन समितिका सदस्य समिर गुरुङको नेतृत्वमा अन्य २ दर्जन भन्दा बढि स्वयंसेवक परिचालित हुनेछन् । खेल समाप्त भएपछि बेलुका पनि पुनः तिनिहरुबाटै सहयोग हुनेछ ।
नेपाली दर्शकले स्टेशनहरूमा नेपाली झण्डा राखेर परिचयपत्र लगाएको देखेमा उनीहरूसंग खेलसंग सम्बन्धित कुरा सोध्न सकिनेछ ।
खेल हेर्नका लागि ड्रेस कोड के भन्ने अन्यौलता पनि बढेको छ । पेभिलियनबाहेक सर्वसाधारण दर्शकले क्रिकेटकै लोगो अंकित जर्सी वा अन्य टिसर्ट र सफ्ट जिन्स लगाएर खेल हेर्न सक्ने लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । फेन्सी ड्रेस, झन्डा वा ब्यानर भने ग्राउण्ड भित्र प्रतिवन्ध छ ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा