
शरद भेषावकर व्याटिङ गर्दै । उनले इस्टबर्न क्रिकेट क्लबविरुद्ध ६० रन बनाए । तस्बिर : काैशल अधिकारी/कान्तिपुर
लन्डन । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।
चार खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा नेपालले गएराति घरेलु टोली इस्टबोउर्ने क्रिकेट क्लबलाई १८१ रनको भारी अन्तरले हरायो ।
बेलायतको लण्डनस्थित द इस्टबोउर्ने साफरोन्स् स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र तीन विकेटको क्षतिमा ३०० रनको विशाल स्कोर बनायो । नेपालका लागि विनोद भण्डारीले अविजित रहँदै ७७ रन तथा ओपनर अनिल मण्डलले ७३ रन बनाए । त्यस्तै शरद भेषवाकर र अर्का अविजित राजु रिजालले ६० रन बनाएपछि नेपालको उच्च स्कोर बनेको हो । अर्का ओपनर सुवास खकुरेल भने मात्र छ रनमा पेवेलियन फर्किएका थिए ।
तीन सय एक रनको लक्ष्य पछ्याएको इस्ट बोउर्ने ३४.३ ओभरमै मात्र ११९ रन जोड्दै अलआउट भएको थियो । इस्ट बोउर्नेलाई लक्ष्यमा पुग्न नदिन नेपाली बलर सोमपाल कामीले तीन, वसन्त रेग्मी र सागर पुनले दुई÷दुई तथा शक्ति गौचन र विक्रम सोबले एक÷एक विकेट लिएका थिए ।
आगामी महिना नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल मेरोलेबोन क्लबको निम्तोमा करिब एक सातादेखि बेलायतको भ्रमणमा रहेको छ ।
यसअघि भएका तीन वटै खेलमा जित निकाल्ने क्रममा नेपालले फ्रि–फोरेस्टर क्लबलाई १२९ रनको विशाल अन्तरले हराएको थियो भने इन्डियन जिमखानालाई २० रनले पाखा लगाएको थियो । त्यस्तै तेस्रो खेलमा क्लब क्रिकेट कन्फ्रेन्सलाई (सिसिसी) चार विकेटले पराजित गरेको थियो ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ