राष्ट्रका लागि पनि लर्डस जाउंः हिराधन राई (भिडियो)

11816167_762737600519974_6403382013997707984_o

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष एवं एमसीसी भर्सेज नेपाल क्रिकेट खेल सम्पन्न गर्न एनआरएनए यूकेबाट संयोजक बनेका हिराधन राईले खेल हेर्न सबैमा आग्रह गरेका छन् ।

आइतबार सञ्चारकर्मीहरुसंग कुरा गर्दैै उनले १९ जुलाइमा लर्डसमा हुने खेल राष्ट्रिय गौरवको विषयसंग जोडिएकाले यसमा सबैको साथ जरुरी रहेको बताए । राईले दश हजार दर्शक उतार्ने पहल स्वरुप काम भइरहेको उल्लेख गर्दै कम्तीमा ७ हजार दर्शक खेल हेर्न जाने विश्वास व्यक्त गरे ।

नेपाली खेलाडी बेलायत उत्रिएपछि दर्शकहरु निकै उत्साहित भएका देखिन्छ । बेलायत आए लगत्तै लगातार ४ वटा अभ्यास खेल जितेको नेपाली टोली निक्कै फर्ममा रहेको र एमसीसी विरुद्ध निक्कै प्रतिष्पर्धी देखिने विश्वास गरिएको छ ।

विस्तृतमा के भन्छन् राई ? हेर्नुस बीरेन्द्र श्रेष्ठले खिचेको भिडियो ः

प्रतिक्रिया

सम्बन्धित सामाग्री