
लन्डन । यती नेपाली एसोसिएसन यूकेले नवनियुक्त आफ्ना ६६ सल्लाहकार र मनोनित सदस्य (कोअप) हरुको सम्मान एवं स्वागत गरेको छ । आइतबार गोल्डेनसीप रेष्टुरेन्टमा एक कार्यक्रमबीच उक्त सम्मान गरिएको हो ।
प्रमुख अतिथी कार्यवहाक राजदूत शरदराज आरन र यती अध्यक्ष श्रीमति पिपला देवानले सल्लाहकार र सदस्यहरुलाई खादा ओढाएर बधाई र शुभकामना दिए । यतीले हालैमात्र ६६ सल्लाहकार र १९ जना मनोनित सदस्यहरु नियुक्त गरेको थियो ।
प्रमुख अतिथी कार्यवहाक राजदूत आरनले नयां जिम्मेवारी पाएका सल्लाहकार र सदस्यहरुलाई बधाइ एवं शुभकामना दिंदै संस्थाको प्रगतिको कामना गरे । उनले पुरानो संस्थाको छत्र छायांमा अन्य संघसंस्थाहरु पनि अटाउने वातावरण सृजना गर्न सफलता मिलोस् भन्ने शुभकामना दिए ।

कार्यक्रमकी सभापति एवं अध्यक्ष पिपला देवानले सबैलाई बधाइ दिंदै सन् १९६० मा स्थापित युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था यती समस्त नेपाली समुदायको साझा संस्था भएकाले यसलाई सबैको साथ र सहयोग जरुरी रहेको बताइन् ।
यती महासचिव बाचस्पति रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा सल्लाहकारहरु पूर्व अध्यक्ष उमेशराज मोक्तान, हरिसिंह थापा, मदन थापा, शान्ति थापा कुंवर, वसन्त राय क्षेत्री, बीरेन्द्र कुंवर, डेभिड गुरुङ, हिराधन राई, निर्वाचन समिति संयोजक राजकुमार त्रिपाठी, ज्ञाम गुरुङ, जीवन सेन लगायतले आ आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शशीधर नेपालले स्वागत मन्तव्य दिए ।
पिपला देवान अध्यक्ष भए लगत्तै समस्त नेपाली समुदायको संस्थाप्रति झन् बढि सहानुभूति र समर्थन बढेको विश्वास गरिएको छ । संस्थाले २३ जुलाइमा यती फुटबल कप गर्ने तयारी गरेको छ ।
तस्विरः एभरेष्ट गौतम
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते