लन्डन । १९ जुलाइमा लर्डस क्रिकेट ग्राउण्डमा एमसीसी भर्सेज नेपाली टिमको क्रिकेट खेल हेर्न जाने दर्शक अप्रत्यासित बढेका छन् । टिकेटिङ व्यवस्थापन गरिरहेका राजन खकुरेलले भर्खर विभिन्न संस्थाबाट ५ सय टिकेटको अर्डर आएको जनाउंदै सो को व्यवस्थापन आफूले गरेको बताए । ५० भन्दा बढि टिकेट चाहिएमा आफूलाई सम्पर्क गर्न पनि खकुरेलले आग्रह गरेका छन् ।
नेपाली खेलाडी बेलायत उत्रिएपछि दर्शकहरु निकै उत्साहित भएका देखिन्छ । बेलायत आए लगत्तै लगातार ४ वटा अभ्यास खेल जितेको नेपाली टोली निक्कै फर्ममा रहेको र एमसीसी विरुद्ध निक्कै प्रतिष्पर्धी देखिने विश्वास गरिएको छ ।
यतिखेर बेलायतको नेपाली समुदाय क्रिकेटमय छ । आफ्नो राष्ट्रिय टिम लर्डसमा उत्रिएको हेर्न दर्शक आतुर छन् । स्कटल्याण्ड, आयरल्याण्ड, वेल्सबाट समेत सोचेभन्दा बढि दर्शक आउने जानकारी पाएको पिआर संयोजक एभरेष्ट गौतमले बताए ।
खेलाडी पनि बेलायतवासी नेपालीको राम्रो रेस्पोन्सले उत्साहित छन् । खेलाडीलाई लर्डसको व्यवस्थापन र टिकेट विक्री देखेर थप उत्साहित तुल्याएको हो ।
खेल आयोजक मुल समितिले उक्त दिन खेल हेरेर नेपाल र नेपाली टिमलाई समर्थन गर्न आग्रह गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते