
लन्डन । “राष्ट्रलाई एकीकृत र सुशासन दिने जिम्मेवारीबाहेक राजनीति अरु केही होइन ।” नयाँ राजनीतिक परिघटनाबीच नवनियुक्त बेलायती प्रधानमन्त्री टेरेसा मेका अभिव्यक्तिमा उहाँका भावी चुनौतीलाई बुझ्न कठिन पर्दैन । हालैको जनमत सङ्ग्रहको परिणामबाट बेलायतले युरोपेली संघ (इयू) छोड्ने मतादेशसँगै प्रधानमन्त्री डेभिड क्यामरुनले नैतिकताका आधारमा राजीनामा दिएपछि सोही सरकारका गृहमन्त्री मे नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
मेका भावी कदम र यात्रालाई विश्वले अब नजिकबाट हेर्न थालेको छ । क्यामरुन सरकारको मन्त्रिमण्डलका २२ सदस्यमध्ये १८ जना इयूसँग बेलायत आबद्ध रहिरहनुपर्ने पक्षमा हुनुहुन्थ्यो । टेरेसासहित चार सदस्य इयूबाट बेलायत अलग हुनुपर्ने मतमा थिए । तर टेरेसा दुवै अभियानलाई सहजीकरण गर्न खोज्ने नेत्री पनि मानिनुहुन्छ । जनमत सङ्ग्रहमा ५१ प्रतिशत मतदाताले इयूबाट अलग हुन जनादेश दिएको थिए ।
संयुक्त अधिराज्य बेलायत आवधिक निर्वाचनबाट नयाँ सरकार बनेको अवस्थामा भएको भए सम्भवतः टेरेसाको यति धेरै चर्चा हुने थिएन । युरोपका अन्य मुलुक र संसारका विकासशील तथा विकासोन्मुख मुलुकलाई पनि प्रभावित पार्ने जनमत सङ्ग्रहपछिको नयाँ सरकारलाई त्यही रुपमा हेरिनु स्वाभाविक हो । त्यसैले त उहाँ भन्नुहुन्छ – “हामी साहसी हुनुपर्छ । मुलुकको भविष्यका लागि नयाँ र सकारात्मक सोचयुक्त हुनुपर्छ । त्यस्तो मुलुक जहाँ व्यक्तिगत सुविधाका लागि मात्र होइन सबै र हाम्रा लागि हामीले काम गर्नुपर्नेछ ।”
बेलायती महारानी एलिजावेथले यही १३ जुलाई, २०१६ मा प्रधानमन्त्रीमा नियुक्त मे पाँच वर्षदेखि त्यहाँको पूर्व गृहमन्त्री हुनुहुन्थ्यो । बेलायतमा यो पदलाई होम सेक्रेटरी भनिन्छ, जसले मन्त्रिपरिषद्को सदस्यका रुपमा काम गर्छ । लेबर पार्टीको प्रतिस्पर्धी आन्द्रिया लिड्समले दाबीबाट आफ्नो नाम फिर्ता लिएपछि मे दलको नेतामा निर्विरोध चयन हुँदै प्रधानमन्त्री बन्न सफल हुनुभएको हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विश्वका नेताबाट टेरेसालाई बधाई दिने लहर पनि सुरु भएको छ ।
नेपालमा झैँ ५१ प्रतिशत महिला जनसङ्ख्या भएको बेलायतमा ५९ वर्षीया मे त्यहाँकी ‘आइरन लेडी’ मानिने मार्गरेट थ्याचरपछि कन्जरभेटिभ पार्टीको नेताको रुपमा त्यहाँको सरकारको नेतृत्व गर्ने दोस्रो महिला हुनुुहुन्छ । इङ्ल्याण्डको एक बैंकबाट सन् १९८३ मा जागिरे जीवन प्रारम्भ गरेकी मेले सन् १९८५ मा एसोसिएसन फर पेमेन्ट क्लियरिङ सेवामा प्रवेश गर्नुभएको हो । त्यहाँ उहाँले परामर्शदाताका रुपमा काम गर्नुभयो । त्यो संस्थाले लण्डन बरोग अफ मार्टेन्समा पनि परामर्श दिन्थ्यो ।
त्यसपछि उहाँको सक्रियता राजनीतिक यात्रा सुरु भएको देखिन्छ । उहाँले हाउस अफ कमन्समा निर्वाचित हुनका लागि सन् १९९२ र १९९४ मा प्रयास गर्दा असफल हुनुभयो । पछि सन् १९९७ को आम निर्वाचनमा मैडेन्हेडका लागि सांसद हुनुभयो । उहाँले छायाँ सरकारको मन्त्रिमण्डलमा रहेर विभिन्न भूमिका निर्वाह गर्नुभयो । त्यस क्रममा उहाँले विभिन्न पाँच प्रधानमन्त्रीका पालामा पार्टीका तर्फबाट छायाँमन्त्री बन्ने अवसर पाउनुभयो । टेरेसा सन् २००२ मा पार्टीको अध्यक्ष पनि हुनुभयो ।
गत जुन २४ मा प्रधानमन्त्रीबाट क्यामरुनले राजीनामा दिएपछि मेले कन्जरभेटिभ पार्टीको संसदीय दलको नेता दाबीगर्दै तत्कालै दौडमा अग्रणी देखिनुभयो । उहाँ पार्टीको प्रधानमन्त्रीका प्रतिस्पर्धी आन्द्रियालाई पहिलो चरणको आन्तरिक निर्वाचनमै भारी मतले विजयी हुनुभयो । जहाँ उहाँलाई १९९ सांसदले साथ दिएका थिए । त्यसपछिको पार्टी सदस्यबीचको निर्वाचनमा आन्द्रियाले उम्मेदवारी फर्ता गरेपछि मे निर्विरोध हुनुभएको हो ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई