
लन्डन । काठमान्डूस्थित दि ब्रिटिश कलेजका कर्मचारीहरु प्राज्ञिक प्रशिक्षणका लागि बेलायत आएका छन् । कलेजका आइटी प्रोग्राम लिडर अरुण जोशी र विजनेश प्रोग्राम कोअर्डिनेटर प्रज्वल श्रेष्ठ युनिभर्सिटी अफ द वेष्ट अफ इंग्ल्याण्डमा प्रशिक्षणका लागि आएका हुन् ।
उनीहरुले प्राज्ञिक दक्षता, लाइब्रेरी सेवा र व्यवस्थापन सम्वन्धमा तालिम लिइरहेका छन् ।
जोशी र श्रेष्ठलाई युनिभर्सिटीकी प्रो भाइस चान्सलर एवं एक्जुकेटिभ डिन डोन्ना ह्वाइटहेडले स्वागत गरेकी थिइन् । बेलायत भ्रमणका क्रममा उनीहरुले विश्वकै प्रख्यात अक्सफोर्ड युनिभर्सिटी भ्रमण गरेर बेलायती शिक्षा र विश्वविद्यालय प्रणालीबारे जानकारी लिएका छन् ।
ति दुई कर्मचारी गत १२ जुलाइमा लिड्स बेक्केट युनिभर्सिटीमा आयोजित उच्च शिक्षामा विशिष्टता प्रवाहबारेको सम्मेलनमा सहभागी भए । उक्त सम्मेलनमा डा. अमान्डा वीलकोक्स, क्वालिटी एसुरेन्स एजेन्सी यूके आवद्ध डगलस ब्ल्याकस्टक एवं निक हिलम्यान कि नोट स्पिकरका रुपमा थिए ।
द ब्रिटिश कलेजका फाउन्डर एवं सिइओ राजन कंडेलले आफ्ना कर्मचारीलाई त्यस खालका सम्मेलन र प्रशिक्षणमा निरन्तर सहभागी गराएर कलेजको शैक्षिक गुणस्तर झन् उच्च बनाइएको बताए । प्रोग्राम लिडर जोशीले सम्मेलन र प्रशिक्षणको अवसर पाएर आफूले धेरै सिकेको अनुभव सुनाए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते