लन्डन । फ्रान्सले अर्को आतंकवादी आक्रमणको सामना गर्नुपरेको छ । लरी चालकले बिहीबार राती ११ बजे दक्षिणी फ्रान्सको निस शहरमा हजारौंको भिडमाथि अन्धाधुन्ध लरी (ट्रक) कुदाउंदा ८४ जना मारिएका छन् । ५० भन्दा बढि घाइते मध्ये १८ जनाको अवस्था गम्भीर भएको बीबीसीले जनाएको छ । मारिनेमा कयौं वालवालिका पनि छन् । मृतक संख्या अरु बढ्ने अनुमान गरिएको छ । आक्रमणको कसैले जिम्मेवारी लिएको छैन् ।
चालकले शुरुमा गन फायर गरि प्रोमेनेड डेस एंगलियस सडकमा करिब दुई किलोमिटरसम्म लरी कुंदाएर स्वतन्त्रता दिवस (बस्टिल डे) मनाइरहेका सर्वसाधारणको हत्या गरेको हो । फ्रान्सेली राष्ट्रपति फ्रान्सियस अलन्डले आतंकवादी आक्रमणको संज्ञा गर्दै घट्नाको निन्दा गरेका छन् । उनले सुरक्षा व्यवस्था थप कडा बनाइएको जनाउंदै यसै महिनाको अन्तिममा अन्त्य र्ने भनिएको ‘संकटकाल’ अरु तीन महिना लम्ब्याइएको बताएका छन् । अलन्डले आतंकवाद विरुद्धको लडाईं जारी रहने पनि उद्घोष गरेका छन् । अहिले सुरक्षा बैठक बसिरहेको छ ।
घट्नाको विश्व नेताले भत्र्सना गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा, क्यानेनिडयन प्रधानमन्त्री जस्टिन ट्रेडयू, जर्मन चान्सलर एंगेला मर्केल, संयुक्त राष्ट्रसंघ आदिले आतंकवादी आक्रमणको निन्दा गरेका छन् ।
प्रहरीले चालकलाई गोली हानी मारिदिएको छ । लरीमा भेटिएको आइडी कार्डका अनुसार चालक ३१ वर्षीय ट्यूनिसियामुलको फ्रान्सेली भएको प्रहरीले जनाएको छ । लरीभित्र भारी मात्रामा ग्रीनेड र हातहतियार रहेको त्यहांको उपमेयरले फ्रान्सेली टिभीलाई जनाएका छन् ।
फ्रान्सले यसअघि पनि आतंकवादी आक्रमणको सामना गरेको थियो । १८ महिनायता फ्रान्सले ७ औं आतंकवादी निसाना भोगेको हो । गत वर्ष नोभेम्बरमा कन्सर्टमा रमाइरहेका दर्शकमाथि आक्रमण गरि एकसय ३० जनाको हत्या गरिएको थियो भने गत वर्ष जनवरीमा चार्ली हेब्डो पत्रिकाको कार्यालयमा भएको आततायी आक्रमणमा १७ जनाको हत्या भएको थियो ।
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान