
लन्डन । एमसीसी भर्सेज नेपाल क्रिकेट खेल सफल बनाउन लन्डनस्थित नेपाली दूतावासको संयोजनमा गठित मूल समितिले जर्सी बेचेर नेपाली खेलाडीलाई सहयोग प्रदान गरेको छ । नेपाली राष्ट्रिय क्रिकेटको जर्सी बिक्री गरेर संकलित रकम नेपाली खेलाडीलाई हस्तान्तरण गरिएको हो । नेपाली टोलीका कप्तान पारस खड्कामार्फत क्रिकेट प्लेयर्स एसोसिएसन नेपाललाई कुल १ हजार ९ सय ११ पाउण्ड ७५ पेन्स हस्तान्तरण गरिएको हो ।
गत मंगलबार सांझ नेपालबाट आएका क्रिकेट खेलाडीको सम्मानमा दूतावासमा आयोजित समारोहमा कार्यवाहक राजदूत शरदराज आरन र समितिका आर्थिक संयोजक दीपक श्रेष्ठ, टिकेटिङ संयोजक राजन खकुरेल तथा पिआर व्यवस्थापक फोटो पत्रकार एभरेष्ट गौतमले कप्तान पारस खड्कालाई सो रकम हस्तान्तरण गरेका हुन् ।
एनआरएनए यूकेका कोषाध्यक्ष समेत रहेका संयोजक श्रेष्ठ र खकुरेलको संयोजनमा नेपालबाट ल्याइएका ६ सय ८० जर्सी बिक्री गरेर सो रकम संकलन गरिएको थियो । ती जर्सी बेलायत ल्याउंदा कुल ४ हजार ९ सय ८८ पाउण्ड २५ पेन्स लागत परेको थियो । जर्सी बिक्रीका लागि संयोजक श्रेष्ठ, टिकेटिङ संयोजक राजन खकुरेल, पिआर व्यवस्थापक एभरेष्ट गौतम र गणेश खड्काले निकै मिहेनत गरेका थिए ।
जर्सीको बिक्रीबाट कुल ६ हजार ९ सय पाउण्ड संकलन भएको संयोजक श्रेष्ठले जानकारी दिए । यसरी संकलित कुल रकमबाट खर्च कटाएर बचेको पूरै रकम क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल लागि प्रदान गरिएको श्रेष्ठले बताए । १९ जुलाइमा लर्डसमा हुने एमसीसी र नेपालबीचको खेलमा नेपाली खेलाडीलाई प्रोत्साहनका लागि सहभागीले टिसर्ट लगाउन् भन्ने उद्देश्यले जर्सी झिकाइएको पनि श्रेष्ठले जनाए ।
सहयोग रकम बुझिसकेपछि नेपाली क्रिकेट टोलीका कप्तान खड्काले नेपाली क्रिकेटरको हौसला बढाउनका लागि मुल समिति र संघ संस्थाहरुले ठूलो मिहेनत गरेको भन्दै प्रशंसा गरेका थिए ।
यसअघि जर्सी खरिद गरेर बेलायत ल्याउन बेलायतस्थित पर्यटन बोर्डका प्रतिनिधि पशुपति भण्डारी र डा. कपिल रिजालले एक एक हजार पाउण्ड ऋण सहयोग गरेका थिए । लागत रकममध्ये बांकी २ हजार ९ सय ८८ पाउण्ड २५ पेन्स भने संयोजक श्रेष्ठ आफैंले खर्च गरेका थिए । जर्सी बिक्री गरेपछि संकलित रकमबाट सबै ऋण सहयोग फिर्ता गरिसकिएको पनि श्रेष्ठले जानकारी दिएका छन् ।

बेलायतमा जर्सी बिक्रीका लागि श्रेष्ठको संयोजनमा पशुपति भण्डारी, यादव भण्डारी, डा. कपिल रिजाल, ज्ञाम गुरुङ, जिवन सेन, बीरेन्द्र श्रेष्ठ, कृष्ण तिमिल्सिना, विनोद ज्ञवाली, समिर गुरुङ, सुलभ श्रेष्ठ, ललित न्यौपाने लगायतले सहयोग गरेका थिए । त्यस्तै डार्टफोर्ड नेपाली समाज, वेलिङ फुटबल समूह, पासा पुचः साउथ इष्ट, माया दिदी रेष्टुरेन्ट, चौतारी रेष्टुरेन्ट र नमस्ते रेष्टुरेन्टले पनि जर्सी बिक्रीमा सहयोग पुरयाएको भन्दै संयोजक श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते