लण्डन । गृहमन्त्री टेरेजा मे बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् ।
बेलायती महारानीले मेलाई बुधबार बकिघम प्यालेसमा आमन्त्रण गरी नयाँ सरकार गठनका लागि गरेको आग्रह स्वीकार गर्दै मे नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।
यसअघि बुधबार नै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती महारानीलाई भेट गरी पदबाट राजिनामा दिएका थिए ।
प्रधानमन्त्री नियुक्त भएपछि बोल्दै मेले बेलायतलाई अझ राम्रो बनाउने आफ्नो लक्ष्य रहेको बताइन् । उनले सीमित वर्गका लागि मात्र नभई कामदार वर्गका लागि कार्यक्रम ल्याइने आश्वासन पनि दिइन् ।
५९ वर्षीया मे सन् २०१० देखि गृहमन्त्री थिइन् । सन् १९९७ देखि मेडनहेड क्षेत्रबाट सांसद निर्वाचित हुँदै आएकी मे मंगलबार मात्र सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मतले निर्वाचित भएकी हुन् ।
बुधबार नै उनले सानाे मन्त्रीमण्डल पनि सार्वजनिक गरेकी छिन् । जसमा लण्डनका पूर्व मेयर बोरिस जोन्सनलाई विदेश मन्त्री नियुक्त गरेकी छिन् भने विदेश मन्त्री फिलिप ह्यामोण्डले अर्थमन्त्रीको जिम्मा पाएका छन् । उर्जा मन्त्री एम्बर रुढले गृह मन्त्रालयको महत्वपूर्ण अवसर पाएकी छिन् भने पूर्व विदेश मन्त्री डा. लियाम फक्सले अन्तर्राष्ट्रिय व्यापारको जिम्मा पाएका छन् । रक्षा मन्त्री माइकल फालोनलाई पुन रक्षा मन्त्रालय दिइएको छ भने डेभिड डेभिसलाई युरोपियन युनियनसित अलग हुने कार्यका लागि मन्त्री बनाइएको छ ।
नवनियुक्त मन्त्रीहरुमा जोन्सन, फक्स र डेभिस हालै सम्पन्न जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट निस्कनुपर्छ भन्ने पक्षमा थिए भने ह्यामोण्ड, रुढ र फालोन बेलायत युरोपियनमा रहनुपर्छ भन्ने पक्षमा थिए ।
बेलायतमा मार्गरेट थ्याचरपछि दोस्रो महिला प्रधानमन्त्री बनेकी मेको मन्त्रीपरिषदमा महिलाहरुको प्रतिनिधित्व बलियो हुने आँकलन गरिएको छ ।
गत जुन २३ मा भएको जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट निस्कनुपर्छ भन्ने पक्षमा जनमत आएपछि सोको विपक्षमा रहेका प्रधानमन्त्री डेभिड क्यामरुनले राजिनामा दिने घोषणा गरेका थिए । उनको सो घोषणापछि सत्तारुढ दलभित्र नयाँ नेता छान्न भएको चुनावमा मे र एण्ड्रिया लिडसम अन्तिम दुईमा पुगे पनि लिडसमले विवादास्पद अभिव्यक्तिका कारण आफ्नो अभियान अन्त्य गरेकी थिइन् ।
प्रधानमन्त्रीमा मे सुनिश्चित भएपछि शेयर बजार र बेलायती मुद्राको बजारभाउमा सुधार आउन शुरु गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते