
लन्डन । अहिले केहीको बढि चर्चा छ भने त्यो हो क्रिकेट । नेपाली क्रिकेट टोली एमसीसी (मार्लेबोन क्रिकेट क्लव) संग मैत्रीपूर्ण खेल खेल्न सोमबार लन्डन आएपछि त माहोल झन् तातेको छ ।
१९ जुलाइमा लर्डसमा हुने खेलका लागि आएका नेपाली क्रिकेट खेलाडीको सम्मानमा लन्डन दूतावासले मंगलबार सांझ एक स्वागत कार्यक्रम गरेको छ । कार्यक्रम क्रिकेट सांझ जस्तो लाग्थ्यो । १५ खेलाडी, कोच र अफिसियलहरुलाई सम्मान अनि उनीहरुसंग तस्विर खिचाउन सहभागी व्यस्त भइरहे । खेलाडीलाई सफलताको शुभकामना दिंदै सम्मान गरियो ।
कार्यवहाक राजदूत शरद राज आरनले शुभकामना व्यक्त गर्ने क्रममा नेपाली खेलाडीको मनोबल उच्च बनाउन समस्त नेपाली समुदायलाई खेलमा सहभागी भइदिन आग्रह गरे । उनले बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा गर्न लागिएको उक्त ऐतिहासिक खेलले दुई देशबीचको सम्वन्ध अझ प्रगाढ बनाउने बताए ।
कार्यक्रमका आकर्षण कप्तान पारस खड्का खुब उत्साहित देखिन्थे । उनले लर्डसमा खेल्न आफूहरु उत्साहित भएको बताउंदै यो नेपाली खेलाडीका लागि अभूतपूर्व अवसर भएको जनाए । उनले बेलायतस्थित नेपाली समुदायलाई खेलमा आएर थप हौसला प्रदान गर्न पनि आग्रह गरे ।
मन्तव्यका क्रममा एमसीसी सचिवालयका असिस्टेन्ट सेक्रेटरी (क्रिकेट) जोन स्टेफेन्सनले नेपाली खेलाडीलाई स्वागत गर्न आफूहरु आतुर रहेको जनाउंदै गत वर्ष नेपाल भ्रमणको स्मरण गरे । एमसीसीले नेपाल क्रिकेट विकासका लागि सधैं साथ दिने पनि उनले बताए ।
कार्यक्रममा डा. राघवप्रसाद धिताल (ओबिइ) र एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले पनि खेलाडीलाई शुभकामना दिए । दूतावासका अट्याची तेजेन्द्र रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा फोटो पत्रकार एभरेष्ट गौतम, गणेश खड्का, दीपक श्रेष्ठ, ज्ञाम गुरुङ लगायतले १९ जुलाइको खेल तयारीबारे अपडेट गराएका थिए ।
कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान