लन्डन । विश्व यात्राका क्रममा लन्डन आइपुगेका दुई साइकल यात्रीले सहयोग याचना गरेका छन् । साइकलमार्फत १३० औं देशका रुपमा यतिखेर यूके आइपुगेका ति यात्रीले लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सांझ आफ्नो यात्रा अगाडि बढाउन नेपाली समुदायसंग आर्थिक सहयोगको याचना गरे । हाल लन्डन दूतावास बसिरहेका काभ्रेपलाञ्चोकका जनार्दन खनाल र ताप्लेजुंगका लोकबन्धु कार्कीले आफूहरु नेपाली पोशाक, राष्ट्रिय झन्डा र शान्तिको सन्देशसहित सगरमाथा नेपालमा छ र भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्वभर फैलाउन साइकल यात्रामा निस्किएको बताए ।
भाषिक, आर्थिक र सामाजिक समस्याका कारण विश्व साइकल यात्रा सहज नभएपनि देशको चिनारीका लागि आफूहरु सन् २००४ देखि यात्रामा निस्किएको उनीहरुले जनाए । उनीहरु विश्व यात्रामा निस्कंदा नेपालमा सरकार माओवादी युद्ध उत्कर्षमा थियो र सबैको चाहना शान्ति थियो ।
एसिया, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र युरोपका १३० देश घुमिसकेका उनीहरु सन् २०१७ सम्म थप २३ देश पुग्ने योजनामा छन् ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई