लन्डन । आगामी जुलाई १९ बिहान एमसीसी (मार्लेबोन क्रिकेट क्लव) संग मैत्रीपूर्ण खेल खेल्न नेपाली क्रिकेट टोली ११ जुलाई सांझ लन्डन उत्रने भएको छ । लन्डन आए लगत्तै उनीहरुको व्यस्त तालिका छ । १२ तारिख उनीहरुको सम्मानमा लन्डनस्थित नेपाली दूतावासले रिसेप्सन राखेको छ ।
१३ तारिखका दिन नेपाली टिमले जिमखाना क्रिकेट क्लव, ओस्टर्लीमा प्रशिक्षणमा व्यस्त हुनेछ र त्यही दिन बिहान साढे दश देखि सांझ ५ बजेसम्म फ्रि फरेस्टरसंग ४० ओभरको म्याच खेल्ने कार्यक्रम छ ।
त्यसैगरि, १४ जुलाइ अपरान्ह साढे ४ देखि सांढे ७ बजेसम्म जिमखानासंग टि ट्वान्टी खेल हुनेछ ।
प्राप्त तालिका अनुसार, नेपाली टिमले १५ जुलाइ बिहान देखि स्ट्यानमोर क्रिकेट क्लवसंग ५० ओभरको म्याच खेल्ने तालिका छ । खेलाडीहरु १६ तारिख विश्राम लिएर १७ जुलाईमा इष्टबोर्न क्रिकेट क्लवसंग ५० ओभरको म्याच खेल्नेछन् ।
१८ तारिखमा भने लर्डसमा अभ्यास गर्ने कार्यक्रम छ ।
२० तारिख रिसेप्सनमा सहभागी भएपछि खेलाडीहरु २१ तारिख लन्डनबाट प्रस्थान गर्ने जनाइएको छ ।
कप्तान पारस खड्काको नेतृत्वमा १५ खेलाडी लन्डन आउंदैछन् जसमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगर छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले ति खेलाडी छानेको हो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा