
लन्डन, २१ असार । इङ्गल्यान्डका जुनियर चिकित्सकहरुद्वारा सरकारले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने उद्देश्यका साथ प्रस्ताव गरेको करार योजना अस्वीकारको पक्षमा मतदान गरेका छन् ।
जुनियर चिकित्सकबीच गरिएको मतदान प्रक्रियामा करिब ५८ प्रतिशतले सरकारद्वारा प्रस्तावित करारको विपक्षमा मतदान गरेको मङ्गलबार सार्वजनिक मत परिणामले बताएको छ ।
सरकारद्वारा प्रस्तावित यस सम्झौता योजनालाई ब्रिटिस मेडिकल एसोसिएसनले समर्थन जनाए पनि बहुमत जुनियर चिकित्सकले प्रस्तावको विरुद्धमा मतदान गरेका छन् ।
दश वर्षसम्मको अनुभव भएका चिकित्सकले यस योजनाको विरुद्धमा यस वर्ष धेरै पटक आन्दोलन तथा हडताल गरेका छन् ।
बेलायत सरकारले ल्याएको शुल्क र कार्य अवस्थाको विवादलाई लिएर बेलायतका हजारौँ कनिष्ठ चिकित्सक बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवालाई अझै बढी लचिलो बनाउँदै साप्ताहिक बिदाको समयमा पनि सेवा दिनेगरी सुधारको कार्यक्रम प्रस्ताव गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते