
लण्डन । यही जुलाई ३ तारिखका दिन भीमु मेमोरियल ट्रष्टले बेलायतस्थित टेन्टरडेनको सुन्दर पार्क बगैंचामा २०२ औं भानुजयन्ती तथा विश्व साहित्य महासंघको छैटौं स्थापना दिवस मनायो ।
ट्रष्ट र महासंघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्विरमा विभिन्न संघ संस्थाका प्रतिनिधि र साहित्यकारहरुले फूलको गुच्छा र खादा माल्यार्पण गरी औपचारिक कार्यक्रमको थालनी गरेका थिए ।
महासंघ साउथका अध्यक्ष विजय हितान मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ट्रष्टका संस्थापक शिवकुमार राईले स्वागत मन्तब्य दिएका थिए । नेपालका गायक तथा संगीतकार जितेन राई, चर्चित गायिका पार्वती र सरला राईलाई उपस्थित सम्पूर्ण संस्थाका प्रतिनिधिहरुले खादा ओडाएर सम्मान गरेका थिए भने संस्थाका संस्थापक राईले संस्थाका तर्फबाट केही आर्थिक रकम उपहारस्वरुप नेपालका कलाकारहरुलाई प्रदान गरेका थिए ।
संस्थाकी अध्यक्ष जानुका राईले बाबा भीमबहादुर र माता मुगासरी राईका नाममा वि.सं. २०६९ सालमा नेपालमा स्थापना भएको उक्त संस्थाको बारेमा विस्तृत जानकारी गराएकी थिइन् । नेपालका केही गरीब तथा जेहेन्दार बालबालिकाको शैक्षिक सहयोगको दृष्टिकोणले स्थापना भएको उक्त संस्थाले नेपालका विभिन्न ठाउँमा गत साल गएको विनाशकारी भूकम्प पीडित, ताप्लेजुङ बाढी पहिरो, उदयपुर जिल्लाका खेलकुद क्षेत्र र केही बिमारीलाई आर्थिक सहयोग गरी ३ लाख ३२ हजार ३३३ रुपियाँ सहयोग गरिसकेको जानकारी दिइयो ।
चार वर्षदेखि उदयपुर बसाहाका आर्थिक विपन्न दुई बालकको शैक्षिक सहयोग गर्दै आएको उक्त संस्थाले २०१६ र २०१७ साल भित्रमै काभ्रे जिल्ला र नेपालका पश्चिम क्षेत्रका केही विपन्न तथा जेहेन्दार बालबालिका र दुर्गम क्षेत्रका केही पत्रकारलाई आर्थिक सहयोग गर्ने निर्णय भैसकेको पनि बताइयो । संस्थापक शिव र अध्यक्ष जानुका राईले तयार पारेको अनाथको जीवनमा आधारित गीतको भिडियोले सबैलाई भावुक बनाएको थियो ।
दोस्रो चरणमा महासंघ अध्यक्ष विश्वासदीप तिगेलाले ट्रष्ट र आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदान बारे प्रष्ट पारेका थिए । कार्यक्रममा बाल कलाकार शशाङ्क शेखर राईले गायक माइकल ज्याक्शनको गीतमा सुन्दर नाँच प्रस्तुत गरी दर्शकहरुलाई चकित पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपालका वरिष्ठ गायक तथा संगीतकार जितेन राईले बेलायतका विभिन्न समुदायका नेपालीहरुलाई एकमुस्ट बनाएर अगाडि बढाउन सफल महासंघ साउथका अध्यक्ष विजय हितान मगर र समाज सेवामा अब्बल भूमिका निभाउदै आएकी ट्रष्टकी अध्यक्ष जानुका र संस्थापक शिव राईलाई धन्यवाद ग्यापन गर्दै ए पूर्वै धरान जन्म त गाउँमै हो कहाँ मरण..लगायत केही चर्चित गीतहरु गाएका थिए भने बिनायो र मुर्चुगाको सुन्दर धुन पस्केर सहभागी सबैलाई सांगीतिक मनोरंजन दिलाएका थिए ।
त्यस्तै गायिका पार्वती राईले पनि जानुका राईको शब्द जितेन राईको संगीतको मिठो गीत प्रस्तुत गरी दर्शकलाई सांगीतिक मनोरंजन दिएकी थिइन् । कार्यक्रममा सहभागी सबैले भिमु संस्थालाई स्वेच्छाले आर्थिक सहयोग प्रदना गरेका थिए ।
जानुका राई र करिश्मा घमले संचालन गरेको उक्त कार्यक्रममा घन थापा मगर, सीता पुन मगर, विजय हितान मगर, शैलेस सापकोटा, बालकुमारी गुरुंग, भगवान चाम्लिङ्ग र करिश्मा घमलगायत दर्जनौ साहित्यकारले साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए ।
संघीय समाजवादी फोरम नेपालका बैकल्पिक केन्द्रिय सदस्य तथा साहित्यकार भगवान चाम्लिङ्ग राई, कलाकार संघका वर्तमान अध्यक्ष नीरकुमार राई, गायक गंगा राई, उपाध्यक्ष डिल्ली राई, आस्फोर्ड सगरमाथा कमिटीका सचिव समाजसेवी डम्बर सिंघक, भोबहादुर पुन, नेपाली साहित्य विकास परिषदका सल्लाहकार घन थापा मगर, आस्फोर्ड युवा कमिटीका अध्यक्ष नरेन्द्र राई लगायत विभिन्न संघ संस्थकाका प्रतिनिधिहरु, साहित्यकारहरु, कलाकारहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रमको अन्तमा भिमु मेमोरियल संस्थाको ब्यवस्थापनमा तयार परिएको नेपाली खाना खाएर सबै सहभागीले विशाल सुन्दर बगैंचामा सामूहिक साहित्यिक भ्रमण गरी सबै छुटेका थिए ।
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप