लन्डन । नेपाली दुई क्रिकेट खेलाडी नरेशबहादुर बुढाएर र सुशन भारी अलगअलग देशका क्रिकेट क्लबमा अनुबन्ध भएका छन् ।
ब्याट्सम्यान बुढाएर क्यानाडाको टोरोन्टोस्थित बुल्मफिल्ड क्रिकेट एकेडेमीमा तथा बायाँ हाते स्पिनर भारी इङ्ग्ल्यान्डको क्रनवालस्थित फालमाउथ क्रिकेट क्लबमा अनुबन्ध भएका हुन् ।
क्लबले बुढाएरलाई यसै वर्षको अक्टोबर र भारीलाई सेप्टेम्बरसम्मका लागि अनुबन्ध गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायके र आफ्नो पहलमा उनीहरू विदेशी क्लबमा अनुबन्ध भएको नेपाल क्रिकेट खेलाडी संघले जनाएको छ ।
संघका महासचिवसमेत रहेका नेपाली टोलीका कप्तान पारस खड्काका अनुसार क्लबले नेपाली खेलाडीलाई खाने, बस्ने, हवाई टिकट उपलब्ध गराएको छ । दुवै खेलाडी भोलि (बुधबार) क्यानाडा र बेलायत प्रस्थान गर्नेछन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते