
प्रधानमन्त्री केपी शर्मा ओली र सूचना तथा सञ्चारमन्त्री शेरधन राई ‘फान अवार्ड’का विजेता कलाकारको सम्मानमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दिवाभोज कार्यक्रममा कलाकारसँग । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अब चलचित्र र गीतसङ्गीत निर्माण गर्दा राष्ट्रिय एकता र विकासका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।
‘फान अवार्ड’का विजेता कलाकारका सम्मानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दिवाभोज कार्यक्रममा उहाँले राजनीतिसँगै कला, साहित्य, अर्थतन्त्र लगायत सबैको घुम्ती र मोड परिवर्तन भयो, अब व्यङ्ग्य कलाकारले असन्तुष्टि मात्र होइन सहमति, सहकार्य र विकासका विषयलाई समेत प्राथमिकतामा राख्नुपर्छ भन्नुभयो ।
प्रधानमन्त्रीले नेपाल चलचित्र कलाकार सङ्घ (फान) द्वारा शनिबार प्रदान गरेको ‘फान अवार्ड’ र तिनका विजेतातिर लक्ष्य गर्दै भन्नुभयो, “यस अवार्डले ९०÷९२ वर्षका हरिप्रसाद (रिमाल)देखि २०, २२ वर्षका अनमोल (केसी)बीचको जेनेरेसन ग्यापलाई मिलाइदिएको छ ।” उहाँले देश विकासमा योगदान पुरयाउन कलाकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, नायक राजेश हमाल, फानका अध्यक्ष रामकेशर बोगटी लगायत २०० भन्दा बढी कलाकार सहभागी थिए ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार