
लन्डन । तमुधिं यूकेले वर्षेनी आयोजना गर्ने नेपाली मेला यसवर्ष अगष्ट २८ तारिख आइतबार हुने भएको छ । केम्पटन पार्क रेस कोर्स, सनबरी थेम्स्मा मेला हुन लागेको हो ।
तमुधिंको गोर्खा कप पछि वृहत मानिने उक्त मेला बिहान साढे १० देखि सांझ ८ बजेसम्म चल्नेछ । मेलामा बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाले भाग लिनेछन् । यसलाई सांस्कृतिक पर्वकै रुपमा लिइन्छ ।
मेलामा ब्रिगेड ब्याण्ड तथा तन्नेरीहरुको विशेष प्रस्तुति, एम्बेसडर कप, सांस्कृतिक झांकी प्रतियोगिता, ट्होटे पर्व, मनोरन्जनात्मक खेल, नेपाली परिकार तथा उत्पादनका स्टल, बीबीक्यू आदि मुख्य आकर्षण रहने मेला संयोजक नन्द जंग गुरुङले जानकारी दिए ।
तमुधिं यूकेले मेलामा सहभागी हुन सबैमा अनुरोध गरेको छ । तमुधिंले आयोजना गरेपनि मेला समस्त नेपालीको भएको उसले स्पष्ट गरेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते