
लन्डन । नेपालमा लगानी गर्न बेलायती व्यवसायीलाई आग्रह गरिएको छ । साउथ इष्ट लन्डन च्याम्बर अफ कमर्सका प्रतिनिधिहरु सम्मिलित एक भेटघाटमा नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारीले नेपालमा लगानीका प्रचुर सम्भावना रहेको बताएका हुन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा समेत आयोजित उक्त दिवा भोजमा व्यवसायी भण्डारीले नेपालमा लगानी र व्यापार व्यवसाय गर्न बेलायती व्यवसायीलाई प्रेरित गरे । उनले नेपाल भ्रमणका लागि सुरक्षित रहेको जानकारी दिंदै नेपालको पर्यटन प्रवर्धन हुने भिडियो सामाग्रीसमेत प्रदर्शन गरे ।
भण्डारीले आगामी जुलाई १९ मा लर्डस क्रिकेट ग्राउण्डमा नेपाली टिम र एमसीसीबीच मैत्रीपूर्ण खेल हुन लागेको जानकारी दिंदै खेलमा सहभागी भएर नेपालको पुनर्निर्माणमा सघाउन अपिल गरेका थिए । उनले भूकम्पपछि स्वतस्फूर्त सहयोग गर्ने बेलायतीलाई धन्यवाद समेत दिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते