लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आफ्नो महत्वकांक्षी नेपाल हाउस प्रोजेक्टका लागि आर्थिक सहयोग जुटाउन आज शनिबार अल्डरसटमा च्यारिटी कार्यक्रम गर्ने भएको छ । अल्डरसटको एम्पायर ब्यांकक्यूटिङ हलमा मध्यान्ह १२ देखि सांझ ७ बजेसम्म च्यारिटी कार्यक्रम गर्न लागिएको हो ।
संस्थाका अध्यक्ष मुछेत्र गुरुङले च्यारिटीमा सहभागी भइदिन बेलायतवासी समस्त नेपालीमा अपिल गरेका छन् । संघले कबुलमात्र होइन, प्रोजेक्टलाई आफ्नो ठानेर आर्थिक सहयोग प्रदान गर्न आग्रह गरेको छ ।
संघले बेलायतवासी नेपालीको साझा घरका रुपमा कम्तीमा १.५ मिलियन पाउण्डको लगानीमा नेपाल हाउस बनाउने योजना अघि सारेको छ । यसको शिलान्यास यही वर्षको अन्तिम र अर्को वर्षको फेब्रुअरीतिर निर्माण शुरु गरेर सन् २०१९ सम्म समापन गर्ने योजना संघको छ ।
तर, यत्ति खर्चिलो प्रोजेक्ट सम्पन्न गर्न ठूलो चुनौती संघलाई छ । सर्वसाधारण च्यारिटी दिंदा दिंदा वाक्क भइसकेका र समाजका अगुवा भनिनेहरु पनि नाम आउने लोभले चन्दा रकम कबुल गर्न उत्साहित हुने तर समयमा नदिने वा पछि अन्य कुनै बहानामा टार्ने प्रवृत्तिले यसमा जोखिम अत्यधिक रहेको हो ।
विगतमा हाइड्रो प्रोजेक्ट होस् वा काठमान्डूमा एनआरएनए भवन बनाउन, सहयोग गर्छु भनेर बोल्ने धेरै निस्किए पनि पैसा दिने बेला सबै गायब भएको प्रसंग नौलो होइन यो समाजमा ।
बेलायतमा करिब एक लाख ५० हजार नेपाली भएकाले १.५ मिलियन पाउण्ड उठाउन असम्भव होइन तर यसका लागि प्रतिवद्ध भएर सबैजना लाग्न जरुरी छ । संघले ५०१ जनाको फण्ड रेजिङ मुल कमिटी गठन गरि उक्त समितिले जनही कम्तीमा एकहजार पाउण्ड संकलन गर्ने लक्ष्य लिएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते