
लन्डन । किरात राइ यायोख्या यूके (किराया) ले वृद्धवृद्धालाई क्रिकेट खेलको टिकेट निशुल्क उपलब्ध गराउने भएको छ । किराया
१९ जुलाई २०१६ का दिन नेपाली क्रिकेट टिम र एमसीसीबीच लर्डस मैदानमा हुने मैत्रीपूर्ण खेलको टिकेट निशुल्क उपलव्ध गराउने निर्णय भएको अध्यक्ष पदम राईले जानकारी दिए ।
नेपाली दूतावासले बेलायतस्थित सबै नेपाली संघ संस्थालाई आ आफ्नो तर्फबाट सकेसम्म धेरै दर्शक सहभागी गराएर नेपाली टिमको मनोबल बढाइदिन अनुरोध गरिरहंदा किरायाले यस्तो निर्णय गरेको हो । राई जातीका वृद्धवृद्धालाई मात्र टिकेट उपलव्ध गराइनेछ ।
‘इभेन्ट हाम्रो देशको इज्जत र बेलायतबासी नेपालीहरुको एकतासंग जोडिएकाले पनि हामीले वृद्धवृद्धालाई इभेन्टमा निशुल्क टिकेट र जतिसक्दो उल्लेख्य दर्शक लैजाने निर्णय गरेका हौं’, राईले भने ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा क्रिकेट खेल हुन लागेको हो । खेल खेल्न क्याप्टेन पारस खड्कासहित १४ खेलाडी र अफिसियल यही जुलाई ११ मा लन्डन आउने कार्यक्रम छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा