
ब्रसेल्स, १५ असार । युरोपियन युनियन (ईयू) का नेताहरुले ईयूबाट बाहिरिने घोषणा गरेको बेलायतसँग कडा सर्त राख्दै भनेका छन्, यदि बेलायती व्यवसायले युरोपको कुनै पनि बजारमा पहुँच चाहन्छ भने उसले बेलायतस्थित युरोपियन श्रमिकलाई पनि स्वीकार गर्नुपर्छ ।
ईयू नेताहरुले बेलायत ईयूबाट बाहिरिने घोषणा गरेको सम्मेलनमार्फत बेलायतको जनमत सङ्ग्रहपछि देखिएको अनिश्चितताका बारेमा ठोस केही निर्णय नगरे पनि आफ्ना नागरिकलाई सुरक्षित राख्नका लागि सबै राष्ट्र एकजुट भएर लाग्ने प्रतिबद्धता जाहेर व्यक्त गरे ।
सबै ईयू सदस्य राष्ट्रका नेताहरु विल्कुलै एकताबद्ध रहनेमा प्रतिबद्धता जाहेर गरिएको ईयू परिषद्का प्रमुख डोनाल्ड टस्कले बताउनुभयो ।
ईयूका बाँकी २७ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी भएको छलफलमा ईयू राष्ट्रबीच मानिसहरुको आवतजावत, सेवा, समान र वित्तीय गरी चार किसिमका स्वतन्त्रता (छुट) लाई जारी राख्नेमा प्रतिबद्धता जाहेर गरिएको छ ।
उनीहरुले बेलायत ईयूबाट बाहिरिएको अवस्थामा कसरी अघि बढ्ने भन्नेमा छलफललाई केन्द्रित गरेका भए पनि बेलायत ईयूबाट बाहिरिने प्रक्रिया कार्यान्वयनमा आउन बाँकी रहेको अवस्थामा कुनै ठोस निर्णय नलिइएको बैठकमा सहभागी एक नेताले बताए ।
हामी सबैले अब उठ्नुपर्छ र कफीको मिठो बास्ना लिनुपर्छ, लिथुवानियाली राष्ट्रपति डालिया ग्राइबाउस्केटले नयाँ परिस्थितिमा ईयूको नयाँ कार्यनीति कस्तो बनाउने भन्ने सवालमा बताउनुभयो ।
हामीले यथास्थितिलाई जारी राख्यौँ भने यसबाट पपुलिस्ट फोर्स जसले युरोपको अन्त्य चाहन्छ उसैलाई फाइदा पुग्नेछ, फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दको भनाइ थियो ।
बेलायत ईयूबाट बाहिरिने निर्णय लिएको अवस्थामा हामीले यो कुरा बुझ्न जरुरी छ कि बेलायतको ईयूबाट प्रस्थान नत गहिरो एकीकरण नै हो न यो राष्ट्रिय सरकारलाई धेरै शक्तिशाली बनाउने कदम हुनसक्छ ।
ईयू सदस्य राष्ट्र एक भएर राम्रो नतिजाका लागि काम गर्नुपर्छ, जर्मन चान्सलर एन्जेला मर्केलले बताउनुभयो ।
ईयू प्रमुख टस्कले आगामी बैठक स्लोभाकियाको राजधानी ब्राटिस्लाभामा सेप्टेम्बर १६ गतेका लागि हुने जानकारी दिनुभयो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने