
लन्डन । काठमान्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण यतिखेर ध्यान शिविरका लागि बेलायतमा छन् । गएको दश वर्षदेखि ब्रिटेनमा ध्यान शिविर सञ्चालन गर्दै आएका स्वामी अरुणले आज बिहीबार, ३० जुनदेखि आइतबार, ३ जुलाईसम्म डर्सेटस्थित ओशो लीलामा तीन दिवसीय ध्यान शिविर गर्ने आयोजकहरुले जनाएका छन् ।
‘ध्यानबाट कसरी सुखी र समृद्ध बन्न सकिन्छ ?’ भन्ने विषयमा स्वामी अरुणले मंगलबार लन्डन साउथहलस्थित श्रीराम मन्दिरमा आयोजित सत्संगमा प्रवचन दिए । उनले प्रत्येक प्राणीको आकांक्षा सुखी र आनन्दित बनौं भन्ने रहेको बताउंदै यदि मानिस आज सुखी हुन्न भने भविष्यमा कहिल्यै पनि सुखी बन्न नसक्ने दाबी गरे ।
‘मानिस सुखी बन्नका लागि भोलि पर्खनै पर्दैन, तपाईंसंग अहिले जे छ, आनन्दित बन्नकालागि त्यही नै पर्याप्त छ । खाली जीवन जीउने कला जाने पुग्छ’, उनले भने ।
स्वामी अरुणले अगाडि थपे, ‘संसारमा दुईवटा कुरा छन्, आवश्यकता (नीड) र चाहना (डिजायर) । आवश्यकता पुरा गर्न सकिन्छ तर व्यक्तिको चाहना कहिल्यै पुरा हुँदैन । महत्वाकांक्षाको दौडमा केही चलाख व्यक्ति अगाडि बढ्छन्, अरु बाँकीमा निराशा छाउँछ। मानिसको तृष्णालाई आध्यात्मिकरुपले मात्र शान्त गर्न सकिन्छ, भौतिकरुपले त्यो संभव छैन।’
‘तपाईं विवेकशील हुनुहुन्छ भने थोरैबाट पनि धेरै आनन्द लिन सक्नुहुन्छ । तर, समृद्धिको दौडमा लागेको मानिसको जीवनमा सामान्यतया आनन्दित देखिंदैन । जसमा तपाईं सन्तुष्ट हुनुहुन्छ त्यही नै समृद्धि हो’, उनको धारणा थियो ।
सन् १८८६ मा छापिएको रुसी साहित्यकार लियो टोल्सटोयको ‘मानिसलाई कति जमीन चाहिन्छ ?’ भन्ने कथाको प्रसंग उप्काउंदै स्वामी अरुणले भने, ‘आखिरमा हामी सबैलाई चाहिने त मरेपछि समाधी दिनका लागि त्यही ६ फिट जमीन नै रहेछ ।’
सबै मानिसले वाह्य संसारमा खुसी र आनन्दको खोजी गरिरहेपनि
कसैले पाउन नसकेको उनले बताए । अन्तर्यात्राका लागि ध्यान नै एकमात्र उपाय रहेको बताउंदै स्वामीले आफैंभित्र खुसी खोज्नेहरुले भने आनन्दित जीवन बिताइरहेको उदाहरण दिए । ‘जो आफूमा प्रतिष्ठित छैन्, उसले बाहिर प्रतिष्ठा खोजिरहेको छ । पद र शक्ति रहुन्जेल तपाईंलाई सबैले सम्मान गरेजस्तो लाग्छ, तर ती सबै अस्थायी हुन्’ उनको भनाइ थियो ।
धर्मका नाममा संसारमा असह्य मारकाट र हिंसा जारी रहेको भन्दै उनले आफ्ना गुरु ओशोले मानवतालाई नै पहिलो धर्म मानेको बताए । ‘धर्मको काम जोडनु हो, तोडनु होइन । जसले समाज र
राष्ट्रलाई विभाजित गराउंछ, त्यो धार्मिक कृत्य हुन सक्दैन’, उनले भने ।
कार्यक्रममा बोल्दै श्रीराम मन्दिर बोर्ड अफ ट्रष्टीजका अध्यक्ष उमेशचन्द्र शर्माले स्वामी अरुणले संसारभरि ध्यानको बाटोबाट सन्तुलित तथा स्वस्थ जीवन जीउन सन्देश फैलाइरहेको भन्दै प्रशंसा गरे । विश्व हिन्दु महासंघ यूकेका अध्यक्ष चिरन्जिवी ढकालले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा ओशो क्याम्प यूकेका संयोजक स्वामी ध्यान शंकरले धन्यवाद ज्ञापन गरेका थिए । उक्त सत्संगमा कवि दुर्गा पोखरेलले कविता वाचन गरे । कार्यक्रमपछि वितरित प्रसादको प्रायोजन व्यवसायी महन्त श्रेष्ठले गरेका थिए ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]