लन्डन । ‘स्वागत भन्दा जति उत्साह र उमंग हुन्छ, विदाइ भनेपछि अलिक नराम्रो लाग्ने रहेछ’, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) ले बुधबार सांझ दूतावासमा भने, ‘क्षेत्रीजीले चार वर्ष बेलायत रहंदा नेपाली समुदायलाई लगाएको गुन र दूतावासको भौतिक संरचना परिवर्तनले उहां सधैं हाम्रो मानसपटलमा रहिरहनुहुनेछ ।’
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको अन्तिम विदाइ कार्यक्रम हुंदै थियो दूतावास भवनमा । हल खचाखच थियो, सायद उनको अन्तिम कार्यक्रम भनेर हुनसक्छ । क्षेत्री पनि मन्तव्यका क्रममा बडो भावुक भए । ‘तपाईंको माया र लन्डनमा बिताएका सुःखद क्षण सबै छाडेर फर्कनुपर्दा मनमा नरमाइलो लागेको छ’, क्षेत्री भन्दै थिए, ‘समयले साथ दियो भने यूकेमै नत्र नेपाल वा जहां भेटे पनि मेरो सहयोग तपाईंहरुलाई रहिरहनेछ । वी गन्न मिस यू अल ।’
सन् २०१२ अप्रिलमा डेपुटी चिफ अफ मिसनका रुपमा लन्डन दूतावास आएका क्षेत्रीले दुई वर्ष भन्दा बढि समय कार्यवहाक राजदूतका रुपमा व्यतित गरे । कार्यवहाक राजदूत हुन पाउनु अवसर र चुनौती दुवै थियो । यस अवधिमा विभिन्न समारोहबीच बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापना र गोर्खा भर्तीको दुई सय वर्ष गांठ मनाइयो । महाभूकम्प क्षेत्रीकै कार्यकालमा गयो । दूतावास भवन मक्किएर मर्मत सम्भारको टेन्सन उनैमाथि आइलाग्यो । यी विविध उतारचढाव क्षेत्रीले सहजै सामना गरेकाले उनको प्रशंसा गर्ने अधिक थिए कार्यक्रममा । ‘हामी फेरि क्षेत्रीलाई राजदूतका रुपमा स्वागत गर्न चाहन्छौं’, कतिपयको चाहना थियो ।
आफ्नो प्रिजेन्टेसनका क्रममा क्षेत्रीले महाभूकम्पका बेला दूतावासमार्फत करिब ७ करोड रुपैयां नेपाल पठाउन सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गरे । उनले कुटनीतिक क्षेत्रमा आफ्नो पहल, एमआरपी बनाउन चालिएको घर दैलो अभियान, दूतावासको मर्मत सम्भार, स्थानीय समुदायसंग समायोजन, पर्यटन प्रवर्धन आदिमा सक्दो योगदान गरेको पनि बताए । ‘काम गर्ने क्रममा केही त्रुटी भए माफ दिनुहुनेछ’, दुःख मिश्रित मुद्रामा उनले भने । क्षेत्रीले बेलायत र नेपाल दुवैबाट भएका उच्चस्तरिय भ्रमणमा दूतावासको संलग्नताबारे पनि अवगत गराए ।
कार्यक्रममा क्षेत्रीको जिम्मेवारी सम्हाल्न आएका शरदराज आरनले पनि मन्तव्य दिए । उनले आफ्नो कार्यकालमा नेपाली डायस्पोराबाट उल्लेख्य सहयोग, सुझाव र मार्गदर्शन पाउने आशा व्यक्त
गर्दै नेपाली समुदायको हितका लागि आफू सधैं कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गरे ।
एट्याची तेजेन्द्र रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले क्षेत्रीले नेपाली समुदायमा गरेको योगदानको चर्चा गरेका थिए ।
एनआरएनए यूके कोषाध्यक्ष, कपिलवस्तु समाज यूकेका अध्यक्ष र जुलाइ १९ मा लर्डसमा हुन लागेको नेपाली क्रिकेट टिम र एमसीसी बीचको मैत्रीपूर्ण खेल आयोजक समितिका आर्थिक संयोजक दीपक श्रेष्ठले खेल र अर्थ संकलनको विवरण दिए । उनले राष्ट्रको इज्जतसंग जोडिएको खेल सफल बनाउन सबैमा आग्रह समेत गरे ।
बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका करिब डेढसय सहभागी उक्त कार्यक्रममा लोकगायक गायिका बमबहादुर कार्की र शिवा आलेले सांगीतिक माहोलमा दर्शक नचाए । उनीहरुको पानको पात…लय नै बढि आकर्षणमा रह्यो ।
क्षेत्री यही जुलाइ १ मा सपरिवार स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा