संघीय समाज यूकेले मनायो स्थापना दिवस 

 
sasafo
लन्डन । संघीय समाजवादी फोरम, नेपालको भातृ संगठन नेपाली संघीय समाज यूकेको वार्षिक भेटघाट तथा पार्टी स्थापना दिवस लन्डनमा मनाइयो ।
फोरम, नेपालका केन्द्रिय सल्लाहकार लक्ष्मणप्रसाद तुलाचनको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा ससफो, नेपालका केन्द्रिय बैकल्पिक सदस्य भगवान चाम्लिंगले पहिचान प्राप्ति नभएसम्म वर्तमान संबिधानलाई स्वीकार गर्न नसकिने धारणा राखे ।
अर्का बैकल्पिक केन्द्रिय सदस्य टेक बहादुर थापाले सम्पूर्ण उत्पीडित जाति, क्षेत्र ,लिङ्गको मुक्ति तथा भाषिक समानताका लागि एक भरपर्दो बैकल्पिक राष्ट्रिय पार्टीको आवश्यकता पूरा गर्न ठीक एक वर्षअघि संघीय समाजवादी पार्टी, मधेशी जनाधिकार फोरम र खस समाबेशी राष्ट्रिय पार्टीबीच पार्टी एकता गरेर नेपाली समाजको बनावट जस्तै समाबेशी पार्टी बनाउन आफूहरु सफल भएको दाबी गरे ।
उक्त अवसरमा समाजको गतिविधिमा उल्लेखनीय योगदान गर्नेलाई कदरपत्रद्वारा सम्मान समेत गरिएको थियो ।
केन्द्रिय सल्लाहकार लक्ष्मण प्रसाद तुलाचन र वयोबृद्ध नेता तिलबहादुर गुरुङले संयुक्त रुपमा ससफो नेपालको नाममा तयार पारिएको बर्थ डे केक काटेर मनाइएको प्रथम बार्षिक भेला तथा पार्टी स्थापना दिवस कार्यक्रममा ससफो, नेपालका सल्लाहकार लक्ष्मणप्रसाद तुलाचन, नेपाल आदिवासी जनजाित महासंघका पूर्व केन्द्रीय सचिव भक्तबहादुर दुरा, संघीय समाज यूकेका नेता देबेन्द्र खेरेसले पनि बोलेका थिए । स्वागत मन्तब्य संघीय समाज यूकेका उपाध्यक्ष बालकृष्ण राईले दिए ।
औपचारिक कार्यक्रम सञ्चालन समाजका महासचिव विश्वासदिप तिगेला र उपमहासचिव कमल थुलुङ्गले गरेका थिए भने साँस्कृतिक कार्यक्रमको सञ्चालन समाजका सचिव मिलनचन्द्र राईले गरेका थिए । नेफेसो यूकेका कार्यबाहक अध्यक्ष जंगबहादुर सुनुवारको सभापतित्वमा कार्यक्रम भएको हो ।
sasafo (2)

प्रतिक्रिया

सम्बन्धित सामाग्री