लन्डन । बेलायतस्थित नेपालीको पहिलो र नयां पुस्ताबीचको अन्तर छुट्याउन अध्ययन शुरु भएको छ । सन् २००८ मा बेलायतमा रहेका नेपालीको जनगणना गरेको सेन्टर फर नेपाल स्टडिज यूकेले नै उक्त ‘पाइलट रिसर्च’ गर्न लागेको हो ।
युवाहरुको सामाजिक क्रियाशिलता, शैक्षिक र व्यवसायिक स्तर, युवा चाहना, बेलायती परिवेशमा हुर्किंदाका समस्या र चुनौती जस्ता पक्षमा अध्ययन गर्न लागिएको सेन्टरका कार्यकारी निर्देशक लोकेन्द्र ढकालले जानकारी दिए । संस्थाले उक्त रिसर्चका लागि फार्नबोरो र रेडिङ क्षेत्रका एकसय नेपाली घरधुरी छानेको छ ।
अध्ययनकै क्रममा गत सप्ताहन्त रेडिङस्थित वेयरहाउसमा आयोजित एउटा कार्यशालामा जिसिएसइ, ए लेभल, कलेज, युनिभर्सिटी र व्यवसायिक क्षेत्रमा लागेका युवाहरु एकत्रित भए । कार्यशालाको उद्देश्य युवाहरुबीचको
अन्तरक्रियाबाट शैक्षिक र व्यवसायिक अवस्था कस्तो छ र त्यो अवस्थालाई प्रभाव पार्ने कारणहरु के हुन् बुझ्नु रहेको आयोजकले जनाएका छन् ।
सेन्टरका कार्यकारी निर्देशक ढकाल, अनुसन्धाताहरु डा. कृष्ण अधिकारी, डा. चन्द्र लक्सम्बा, डा. गंगाराम दाहाल र डा. नवीन आचार्यले सञ्चालन गरेको कार्यक्रममा युवाहरुमा बेलायती
राजनीतिक सहभागिताको सम्भाव्यताबारे समेत छलफल भयो । सहभागीले स्थानीय समुदायमा घुलमिल हुन कुनै अप्ठेरो नभएको धारणा राखेका थिए ।
दिनभर चलेको कार्यक्रममा युनिभर्सिटी अफ वारवीककी प्राध्यापक एलिनोर नेसबिटले किनोट एड्रेस दिएकी थिइन् ।
सन् १९६० को दशकदेखि बेलायतमा नेपालीको आगमन शुरु भएको पाइन्छ । विशेषगरि पहिलो पुस्ता भारतीय लगानी रहेको रेष्टुरेन्टमा काम गर्न यता छिरेको विश्वास गरिन्छ । सन् २००४ र २००९ मा बेलायतले अवकास प्राप्त गोर्खा र तिनका परिवारलाई आवासीय अधिकार दिएपछि जनसंख्या एक्कासी बढेको थियो । पछि अध्ययनका लागि हजारौं विद्यार्थी र काम गर्न उच्च सीप (हाइली स्किल) भएका व्यक्ति यहां ओइरिएका थिए ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई