काठमाण्डुस्थित ओशो तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुण आफ्ना सहयोगी स्वामी अर्हतसंग सोमबार अपरान्ह लण्डन आइ पुगेका छन् । उनलाई हिथ्रो विमानस्थलमा ओशो क्याम्प यूकेका सन्न्यासीहरुले स्वागत गरेका थिए ।
भोलि जुन २८ तारिख मंगलबार अपरान्ह उनीसंग लण्डनको साउथहलस्थित श्रीराम मन्दिर 22 King Street, UB2 4DA मा सत्संग कार्यक्रम आयोजना गरिएको आयोजक ओशो क्याम्प यूकेले जनाएको छ।
सो अवसरमा स्वामी अरुणले “ध्यानबाट कसरी सुखी र समृद्ध बन्न सकिन्छ?” भन्ने विषयमा प्रवचन दिनुका साथै सहभागीहरुको प्रश्नको जवाफ पनि दिनेछन् । सत्संग अपरान्ह ५:३० बजेदेखि ८ बजेसम्म सन्चालन हुने र बीचमा मन्दिरमा नियमित आरती कार्यक्रम पनि हुने जनाइएको छ।
“नेपालको आध्यात्मिक क्षेत्रका एक सुपरिचित व्यक्तित्व स्वामी अरुणको सान्निध्यमा नेपाली समुदायमाझ लोकप्रिय श्रीराम मन्दिरमा आयोजना हुन गैरहको सत्संग आध्यात्मिक चर्चा र आत्मरुपान्तरणको एक विरलै पाइने अवसर हो,” विश्व हिन्दु महासंघ युकेका अध्यक्ष चिरन्जीवी ढकालले भने । उनले सपरिवार सत्संगमा सहभागी हुन सबैलाई आमन्त्रण पनि गरे ।
गएको दश वर्षदेखि ब्रिटेनमा ध्यान शिविर सन्चालन गर्दै आएका स्वामी अरुणले आउँदो बिहीबार, ३० जुनदेखि आइतबार, ३ जुलाई सम्म डर्सेटस्थित ओशो लीलामा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्ने कार्यक्रम छ ।
शिविरमा सहभागी हुन इच्छुक मित्रहरुले http://osholeela.uk/?espresso_events=sw-aruns-meditation-camp मा गएर आफ्नो स्थान सुरक्षित गर्नसक्ने आयोजक ओशो क्याम्प यूकेले जनाएको छ।
संसारका बीसभन्दा बढी मुलुकमा ध्यान शिविरहरु सन्चालन गरि सकेका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आएका छन् ।
“मानव जीवन सँधै अनिश्चय र हतारमा बितिरहेको हुन्छ । ब्रिटेनमा हालै भएको जनमतसंग्रह र त्यसपछि उब्जिएका आशंकाले पनि हामी सबैलाई चिन्तित बनाएको छ । यस्तो अवस्थामा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ । त्यसैले श्रद्धेय स्वामी अरुणसंगको सत्संग तथा आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं,” ओशो क्याम्प युकेका संयोजक स्वामी ध्यान शंकरले भने ।
“राजनीति होस् वा सार्वजनिक जीवन, आफ्नो परिवार होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन । आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु,” स्वामी अरुणले भने ।
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार