
लन्डन । बेलायतका क्रियाशिल दुई संस्था ग्रेटर रसमोर नेपलिज कम्युनिटी र ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीको आर्थिक सहयोगमा सिन्धुपाल्चोकस्थित भिमटार १ मा विद्यालय निर्माण भएको छ । ति संस्थाको आर्थिक सहयोगमा परोपकार निमाविमा रु ११,२५,८०० (एघार लाख, पच्चीस हजार आठसय पचास रुपैयां) को लागतमा निर्माण गरिएको दुई कोठे भवन आइतबार एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा ग्रेटर रसमोर नेपलिज कम्युनिटी र ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीको प्रतिनिधित्व गरेर गएकी कार्यक्रमकी प्रमुख अतिथि शिक्षिका प्रमिला केसी बानियाले विद्यालय समितिलाई उक्त भवन हस्तान्तरण गरिन् । केसीले ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष ओम थापाले बेलायतबाट विद्यालय व्यवस्थापन समितिलाई पठाएको शुभकामना सन्देश पढेर सुनाएकी थिइन् । थापाले सन्देशपत्र मार्फत संस्थाद्धारा पटक–पटक गरेर पठाइएको कुल रकम १२ लाख ९८ हजार ७८० रुपैयांमध्ये भवन बनाएर बांकी रहेको १ लाख ७२ हजार ९ सय ८० रुपैयां विद्यालयको आन्तरिक व्यवस्थापन (लाइबेरी, शैक्षिक सामाग्री र फर्निचर) मा खर्च गर्न समेत विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गरेका छन् ।
स्कुलका प्रधानाध्यापक विदुर नेपालले दुवै संस्थालाई धन्यवाद दिंदै विद्यार्थीहरुको सुखद भविष्यका लागि अझ प्रतिवद्ध भएर लाग्ने बताए । त्यस्तै स्कुल व्यवस्थापन समितिका अध्यक्ष गणेश प्रसाद अधिकारीले भूकम्पले नाजुक बनाएको विद्यालयको समस्यालाई नजिकबाट नियालेर दुई कोठे भवन बनाउन सहयोग गरेर ऐतिहासिक काम गरेको भन्दै सहयोगदातालाई धन्यवाद दिए ।
दनुवार र माझी समुदायका बालबालिकाको संख्या बढि रहेको उक्त विद्यालयमा अन्य समुदायका समेत गरेर १५० बालबालिका अध्ययनरत छन् ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई