लन्डन । सायद भूपू गोर्खा र नेपालीको हितका लागि दुई बेलायती नागरिक एनी वाट्सम र ग्राहेम ग्रान्टलाई जति चिन्ता अरुलाई कमै होला । सन् २००८ मा गोर्खा न्यायिक अभियन्ता पिटर क्यारोलले भूपू गोर्खाहरुको आन्दोलनमा साथ दिइरहेका थिए । त्यही बेला एनीले अभिनेत्री जोआना लुम्लेलाई अभियानमा सामेल गराउन पहल गरिन् र गोर्खा आन्दोलन सफल पनि भयो । पेशाले पत्रकार एनी त्यसयता भूपू गोर्खाहरुसंग धेरै नै घुलमिल भइन् । यसै क्रममा सन् २०११ मा एभरेष्ट इन ग्रुपका पशुपति भण्डारी र यादव भण्डारीसंग सम्पर्कमा आएपछि एनी र ग्राहेम नेपाली समुदायमा झन् परिचित भए । गत वर्ष भूकम्पका बेला यी दुई बेलायती भण्डारी दाजुभाइसंग मिलेर पीडितका लागि राहत जुटाउन अहोरात्र खटिए ।
थाकिनन् एनी । एनीले सन् २०१२ मा ग्रीएसन पब्लिकेसन्स्का तर्फबाट नेपाली खाना बनाउन सिकाउने एउटा पुस्तक ‘दि अल्टिमेट नेपलिज कुक बुक’ सम्पादन र प्रकाशन समेत गरिन् जसमा भूपू गोर्खा सेफ पेम्बा लामाले लेखेका थिए । दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल उक्त पुस्तकबाट गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग समेत गरिएको थियो । फेरि उक्त ट्रष्टलाई सहयोग गर्ने गरि एनी र ग्राहेमले सेभेनओक्स् केन्टको पुरानो भवनमा ‘ग्रीएसन ग्यालरी’ स्थापना गरेका छन् । सेभेनओक्स् मेयर काउन्सिलर एन्ड्रियू आइरेले गत साता एक समारोहबीच ग्यालरी उद्घाटन गरे । उक्त ग्यालरीमा गत साताबाट पहिलो चित्रकला प्रदर्शनी शुरु भएको छ र प्रदर्शनीमा काठमाण्डू बस्ने कलाकार एनबी गुरुङका चित्र समावेश छन् । प्रदर्शनीबाट नेपालको चिनारी अरु बढ्ने अपेक्षा एनी र ग्राहेमलाई छ । चित्रले नेपालको प्राकृतिक सौन्दर्यतामात्र होइन, भूकम्पबाट विक्षिप्त संरचना पनि झल्काइरहेको देखिन्थ्यो ।
ग्यालरी उद्घाटनका अवसरमा नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क यूके प्रतिनिधि पशुपति भण्डारीले यस्तो ग्यालरीबाट नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने आशा व्यक्त गरे । उनले आगामी ३ जुलाईमा एल्थाम प्यालेसमा वल्र्ड कल्चरल फेस्टिबल र २४ जुलाइमा आसफोर्ड केन्टमा हुन लागेको च्यारिटी इभेन्टमा नेपाल पर्यटनको प्रचार प्रसार गरिने जानकारी पनि दिए ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई