लन्डन । अन्तिम शो गर्न आइतबार प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा थिइन् गायिका ज्योति मगर । आयोजक सपन इन्टरटेनमेन्ट लि.का प्रोपाइटर सपन कुमार राईले दर्शकहरुलाई आभार व्यक्त गर्दै आफ्नो गायन प्रस्तुत गरेपछि उद्घोषक सूर्य गुरुङले भने, ‘अब आउंदैछिन् ‘हट एण्ड डट डट गायिका ज्योति मगर ।’ माइक समाए लगत्तै ज्योतिले सहजै भनिन्, ‘मलाई हट एण्ड सेक्सी भन्न संकोच नमाने हुन्छ ।’ शो अवधिभर बडो खुलेकी उनले तन्नेरीलाई मात्र होइन पाका दर्शकलाई समेत बारम्बार ‘अंकलहरु त क्या सेक्सी हो…’ भनेर माहोल तताइरहिन् । ज्योतिले सेक्सी भनिदिंदा उत्साहित अंकलहरु पनि कम थिएनन् । उनीहरु कहिले ज्योतिसंग नाच्न तयार हुन्थे त कहिले पैसा शिरमा चढाउन ।
उही मुलाको सिन्की, जिम्मल बाउकी छोरी, ढाडे बिरालो लगायत गीत गाएर ज्योतिले अन्तिम शो दर्शक न्यून भएपनि अविष्मरणीय बनाइन् । उनले यसअघि आफ्नो यूके भिजा तीनपटक रिफ्युज भएको प्रसंग उठाउंदै यूकेमा झिकाउन सफल सपनकुमार राई प्रति आभार समेत व्यक्त गरिन् ।
बेग्लै प्रसंगमा ज्योतिले उत्ताउली वा भल्गर जे भनेर आफूलाई आलोचना गरेपनि त्यसले केही फरक नपर्ने बताउंदै बरु आलोचक नै आफ्ना दर्शक भएको बताइन् । (उनको विस्तृत अन्तर्वार्ता सहकर्मी कुशल श्रेष्ठको इन फोकसमा छिट्टै आउंदैछ)
उक्त शोमा भद्रगोलका कलाकारहरु बले र कक्रोजले पनि हांस्यव्यंग्य प्रस्तुत गरे ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते