लन्डन । पत्रकारिता र अध्यापनमा लामो अनुभव संगालेका प्रमोदराज न्यौपानेको पहिलो गीति एल्बम ‘मेरो घरको छानो’ लन्डनबाट सार्वजनिक हुने भएको छ । यही जुन २६ तारिख आइतबार ऊलवीचस्थित ट्रामसेड थिएटरमा एक समारोहबीच एल्बम विमोचन हुन लागेको हो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले विमोचन कार्यक्रम तय गरेको हो ।
कार्यक्रममा शीर्ष गीतको म्यूजिक भिडियो प्रदर्शन गरिनुका साथै गायक न्यौपाने र बेलायतस्थित अन्य ख्यातिप्राप्त कलाकारहरुले पनि प्रत्यक्ष गायन प्रस्तुत गर्ने गायक न्यौपानेले जानकारी दिए ।
न्यौपानेको एल्बममा सागर किनारको संगीत र युरानका शब्द छन् । एल्बममा पश्चिमी, आधुनिक तथा लोक शैलीका ७ गीत संग्रहित छन् । एल्बमको शीर्ष गीतमा भुषण दाहालको निर्देशनमा म्यूजिक भिडियो तयार भइसकेको छ । (प्रोमो तल हेर्नुहोस्)
७ वर्षदेखि बेलायत बस्दै आएका गायक न्यौपाने नेपाल छंदा अध्यापक, रेडियो प्रस्तोता तथा संगीत शिक्षक जस्ता भूमिकामा थिए । अंग्रेजी साहित्यमा स्नातकोत्तर न्यौपानेले वरिष्ठ संगीतकार प्रकाश गुरुङबाट ४ वर्ष संगीत प्रशिक्षण लिएका थिए । विसं. २०५१ मा रेडियो नेपालबाट स्वर परीक्षा उत्तिर्ण गरेका उनको बेलायत आउनुअघि झण्डै एक दर्जन गीत रेकर्ड भइसकेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा