लन्डन । लर्डसमा हुने एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाली क्रिकेट टिमबीचको मैत्रीपूर्ण खेल सफल बनाउन एनआरएनए यूकेले उपाध्यक्ष हिराधन राईलाई संयोजक तोकेको छ । खेल गतिविधिमा विशेष चासो राख्ने राईले संयोजक तोकिएसंगै आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले एनआरएनए यूके सल्लाहकारहरु शिवजी श्रेष्ठ, भिम महेन्द्र गुरुङ, उपाध्यक्ष शान्ति थापा कुंवर, प्रवक्ता खुशी लिम्बु र सदस्य डा. राजेन्द्र थापालाई आफ्नो टिममा राखेर काम थालेका हुन् ।
राईले खेलबारे जानकारी दिन एवं भावी रणनीति तय गर्ने सम्वन्धमा छलफल गर्न यही शुक्रबार विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको एउटा भेला समेत राखेको जनाए । राईले बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा हुन लागेको उक्त खेल विशेष महत्वको भएकाले सहभागी भइदिन सबैमा आग्रह गरेका छन् ।
जुलाई १९ मा हुने उक्त ऐतिहासिक खेल सफल बनाउन लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र युवाहरुको विशेष संलग्नता छ । कम्तीमा दश हजार दर्शक उतार्न आयोजक लागिरहेका छन् ।
खेल हेर्न प्रवेश शुल्क जम्मा दश पाउण्ड तोकिएको छ । टिकेट विक्रीबाट संकलित रकमको ५० प्रतिशत नेपालको पुनर्निर्माणमा जाने भएकाले सबै बेलायतवासी नेपालीलाई सहभागी भइदिन आयोजकले अपिल गरेका छन् ।
६५ वर्ष माथिकालाई ५ पाउण्ड र १६ वर्ष मुनीकालाई निशुल्क हुने उक्त खेलको टिकेट अनलाइन, प्रिन्टेड र खेल हुने दिन ढोकैमा किन्न सकिनेछ ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई